कजाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना : दर्जनौंको मृत्यु

काठमाडौं । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा दर्जनौँको मृत्यु भएको बताइएको छ । बीबीसीले दुर्घटनामा २५ जना बाँचेको र बाँकीको मृत्यु भएको हुनसक्ने जनाएको छ । यद्यपी अहिलेसम्म कति जनाको मृत्यु भएको खुलिसकेको छैन । स्थानीय अधिकारीकाअनुसार विमानमा ५ जना चालक दलका सदस्यसहित ६७ जना सवार थिए । काजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा […]

Dec 25, 2024 - 09:08
 0
कजाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना : दर्जनौंको मृत्यु

काठमाडौं । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा दर्जनौँको मृत्यु भएको बताइएको छ ।

बीबीसीले दुर्घटनामा २५ जना बाँचेको र बाँकीको मृत्यु भएको हुनसक्ने जनाएको छ । यद्यपी अहिलेसम्म कति जनाको मृत्यु भएको खुलिसकेको छैन ।

स्थानीय अधिकारीकाअनुसार विमानमा ५ जना चालक दलका सदस्यसहित ६७ जना सवार थिए ।

काजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एअरलाइन्सको रहेको बताएको छ, जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।

रोयटर्स समाचार एजेन्सीले प्रमाणित गरेको भिडिओमा ल्यान्डिङ गियर डाउन भएको विमान तीव्र गतिमा जमिनतर्फ गइरहेको देखिन्छ ।

अवतरण गर्ने प्रयास गरेको सेकेन्डपछि ठूलो फायरबल विस्फोट भएको देखिन्छ ।

जहाजमा अधिकांश अजरबैजानी नागरिक थिए तर रुस, काजाकिस्तान र किर्गिस्तानका केही यात्रुहरू पनि थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register