आयुक्त अमात्यले शक्तिको दुरुपयोग गर्दै सार्वजनिक जग्गा हत्याउन खोजेको ठहर

काठमाडौं । उच्च अदालत पाटनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको रिट निवेदन खारेज गरेको छ । ललितपुर महानगरपालिकाले आफ्नो घर कम्पाउन्डमा अवैध रूपमा डोजर चलाएको भन्दै अमात्यले गत असार २६ गते रिट दायर गरेकी थिइन् । उक्त रिट गत बुधबार न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो […]

Jan 26, 2025 - 10:08
 0
आयुक्त अमात्यले शक्तिको दुरुपयोग गर्दै सार्वजनिक जग्गा हत्याउन खोजेको ठहर

काठमाडौं । उच्च अदालत पाटनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको रिट निवेदन खारेज गरेको छ ।

ललितपुर महानगरपालिकाले आफ्नो घर कम्पाउन्डमा अवैध रूपमा डोजर चलाएको भन्दै अमात्यले गत असार २६ गते रिट दायर गरेकी थिइन् ।

उक्त रिट गत बुधबार न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो ।

अदालतले अमात्यले शक्तिको दुरुपयोग गरी सार्वजनिक जग्गा हत्याउन खोजेको ठहर गरेको छ । साथै, महानगरले डोजर चलाउनु कानूनसम्मत भनेको छ । यससँगै महानगरलाई त्यो ठाउँ खाली गर्न बाटो खुलेको छ ।

आयुक्त भइसकेपछि अमात्य दम्पतीले ०७८ असोजमा चाकुपाटस्थित सरस्वती मन्दिर परिसरमा कम्पाउन्डसहितको घर किनेका थिए ।

झन्डै एक रोपनी जग्गासहितको घर किनिसकेपछि पुरानो पर्खाल भत्काएर कम्पाउन्डसँगै जोडिएको सरस्वती मन्दिर रहेको सार्वजनिक जग्गातर्फबाट गेट खोली बाटो बनाएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीय गुठियारको उजुरीमा महानगरले डोजर चलाएको थियो ।

डोजर चलाएको प्रतिशोधमा अमात्यले महानगरका मेयर चिरिबाबु महर्जनलाई उजुरी परेको भन्दै पत्र थमाएकी थिइन् । पत्र लिएर बयान दिन आउन भन्दै अख्तियारको टोली पुल्चोकस्थित मेयर महर्जनको कार्यकक्ष पुगेको थियो ।

आफ्नो घरमा महानगरले डोजर चलाएपछि ‘प्रतिशोध साँध्दै’ आयुक्तले खोलिन् मेयरविरुद्ध बन्द भइसकेको फाइल

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register