एमाले–कांग्रेस गठनबन्धन सरकार पूर्णतः असफल भएको राप्रपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एमाले–कांग्रेस गठनबन्धन सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ । तीन दिनसम्म चलेको केन्द्रीय कार्य समिति बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा जनाइएको छ। ‘… मुलुकभित्र पर्याप्त रोजगारी सिर्जन गर्ने, मूल्यबृद्धि नियन्त्रण गर्ने, विकास निर्माणलाई तीव्रता दिने काममा सरकार पूर्णतः असफल भएको छ […]

Jan 26, 2025 - 14:38
 0
एमाले–कांग्रेस गठनबन्धन सरकार पूर्णतः असफल भएको राप्रपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एमाले–कांग्रेस गठनबन्धन सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ ।

तीन दिनसम्म चलेको केन्द्रीय कार्य समिति बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

‘… मुलुकभित्र पर्याप्त रोजगारी सिर्जन गर्ने, मूल्यबृद्धि नियन्त्रण गर्ने, विकास निर्माणलाई तीव्रता दिने काममा सरकार पूर्णतः असफल भएको छ । भ्रष्टाचारजन्य गतिविधि र भ्रष्टाचारीलाई सरकारबाटै संरक्षण प्राप्त हुनु आपत्तिजनक र उदेकलाग्दो छ’  विज्ञप्तिमा उल्लेख छ ।

‘राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गरेर मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजाने सत्ता पक्षीय नेताहरूको बारम्बारको धम्की एवं हठात र अनायास संसद छलेर अध्यादेश ल्याइनु दुई दलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यासको रूपमा रहेको छ’, १६ बुँदे वक्तव्यमा भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register