आईपीएल : तीन फरक–फरक टिमलाई फाइनल पुर्‍याउने श्रेयस अय्यर

काठमाडौं । क्लालिफायर–२ मा पञ्जाव किंग्सले पाँचपटकको विजेता मुम्बई इन्डियन्स (एमआई) लाई आइतबार राति पराजित गरेसँगै १८ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) ले नयाँ च्याम्पियन पाउने पक्का भयो । क्वालिफायर–१ म पञ्जावलाई पराजित गरेको रोयल च्यालेन्जर्स बेंगलोरले उसलाई उपाधि भिडन्तका लागि पर्खिरहेको छ । पञ्जाव र बेंगलोर सन् २००८ मा आईपीएल सुरु भएपछि हालसम्म […]

Jun 2, 2025 - 10:26
 0
आईपीएल : तीन फरक–फरक टिमलाई फाइनल पुर्‍याउने श्रेयस अय्यर

काठमाडौं । क्लालिफायर–२ मा पञ्जाव किंग्सले पाँचपटकको विजेता मुम्बई इन्डियन्स (एमआई) लाई आइतबार राति पराजित गरेसँगै १८ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) ले नयाँ च्याम्पियन पाउने पक्का भयो । क्वालिफायर–१ म पञ्जावलाई पराजित गरेको रोयल च्यालेन्जर्स बेंगलोरले उसलाई उपाधि भिडन्तका लागि पर्खिरहेको छ ।

पञ्जाव र बेंगलोर सन् २००८ मा आईपीएल सुरु भएपछि हालसम्म उपाधिविहीन छन् । १७ वर्षसम्म यी दुई फ्रेन्चाइज उपाधिको पर्खाइमा छन् । र, योपटक दुई उपाधिविहीन टिम फाइनलमा पुगेकाले कुनै एक टिम च्याम्पियन बन्ने पक्का भएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा मंगलबार हुने फाइनल नयाँ विजेताका लागि हुनेछ ।

बेंगलोरको यो चौथो फाइनल हो । यसअघि, बेंगलोर २००९, २०११ र २०१६ मा फाइनल पुगेको थियो । सन् २००९ मा डेकान चार्जर्स् सन् २०११ मा चेन्नई सुपर किंग्स र सन् २०१६ मा सनराइजर्स् हैदराबादसँग पराजित हुँदा बेंगलोर उपविजेतामा सीमित हुन पुग्यो ।

पञ्जाव भने मात्र दोस्रोपटक फाइनल पुगेको हो । उ यसअघि, सन् २०१४ मा पुगेको थियो । त्यसबेला कोलकता नाइट राइडर्स्सँग पराजित भएको थियो । लिग चरणमा पञ्जाब पहिलो र बेंगलोर दोस्रो स्थानमा थिए ।

लिग चरणका दौरान बेंगलोरमा भएको खेलमा पञ्जाबले बेंगलोरलाई पराजित गरेको थियो । क्वालिफायर–१ को मुल्लानपुरमा भएको खेलमा भने बाजी उल्टाउँदै बेंगलोरले पञ्जावलाई हरायो ।

आईपीएलमा श्रेयसको अद्भूत कप्तानी

पञ्जावले आईपीएलमा आफ्नो दोस्रो फाइनल खेल्दै गर्दा उसका कप्तान श्रेयस अय्यरले एक अद्भूत उपलब्धि हासिल गरेका छन् । ११ वर्षपछि पञ्जावलाई उनले फाइनल पुर्‍याएका मात्र होइनन्, तीन फरक फरक टिमलाई यो स्थानसम्म पुर्‍याउने कीर्तिमान पनि बनाएका छन् । उनले यसअघि दिल्ली क्यापिटल्सको कप्तानी गर्दा दिल्लीलाई फाइनलमा पुर्‍याए भने केकेआरको कप्तानी गर्दा उसलाई च्याम्पियन बनाए । र, यसपटक पञ्जावलाई यो स्थानसम्म ल्याएका छन् । अय्यरले यो उपलब्धि पछिल्ला ६ वर्षभित्र पाएका हुन् ।

श्रेयसको कप्तानीमा पञ्जाबले प्रतियोगिताको इतिहासमा सबैभन्दा कम स्कोरको पनि रक्षा गर्‍यो । पहिले ब्याटिङ गरी १११ रन मात्र बनाए पनि केकेआरलाई ९५ रनमा अलआउट गरी अविश्वनीय जित हात पार्‍यो । अय्यर यो सिजन कप्तानका रूपमा सबैभन्दा बढी रन बनाउने खेलाडीसमेत हुन् । यस वर्ष ६०३ रन बनाएर उनी आफ्नो टिमका सर्वाधिक स्कोरर बनेका छन् ।

डेब्यु सिजनदेखि नै श्रेयसले मचाएको तहल्का

डेब्यु सिजनमा वर्षको उदयीमान खेलाडीसमेत बनेका श्रेयसले २०१५ मा दिल्ली क्यापिटल्स (डीसी) का लागि ४३६ रन बनाए । सन् २०१८ मा, उनले सिजनको बीचमा गौतम गम्भीरलाई प्रतिस्थापन गर्दै दिल्लीको कप्तानको जिम्मेवारी सम्हाले ।

दिल्लीलाई फाइनलसम्म पुर्‍याएका श्रेयसले २०१८ देखि २०२० सम्म टिमको कप्तानी गरे । यस अवधिमा उनले २१ खेल जिते । २०१९ मा, श्रेयसले ६ वर्षपछि दिल्ली प्लेअफमा पुर्‍याए । उनको कप्तानीमा, डीसी २०२० मा आईपीएल फाइनलमा पुगेको थियो, जहाँ उनीहरू मुम्बई इन्डियन्ससँग पराजित भएका थिए ।

२०२१ मा घाइते भए, त्यसपछि कोलकातामा सामेल भए। २०२१ म । श्रेयसले काँधको चोटका कारण पहिलो हाफ खेलेनन् । दोस्रो हाफमा फर्किएपछि डीसीले ऋषभ पन्तलाई कप्तानको रूपमा नियुक्त गर्न जारी राख्यो । सिजनको अन्त्यमा श्रेयसले डीसी छोडे । र, २०२२ मा केकेआरसँग नयाँ यात्रा सुरु गरे । कोलकाताले उनलाई अक्सनमा १२.२५ करोड रुपैयाँमा किनेको थियो ।

श्रेयस ढाडको चोटका कारण आईपीएल २०२३ मा प्रतियोगिताको हिस्सा बन्न सकेनन् । तर, उनी २०२४ मा कोलकाताको कप्तानी गर्न र १० वर्षपछि टोलीलाई च्याम्पियन बनाउन फर्किए । फाइनलमा केकेआरले सनराइजर्स हैदराबादलाई पराजित गर्‍यो । दुर्भाग्य यो सफलताका लागि उनले प्रशंसा पाएनन् । टिमको मेन्टर रहेका गौतम गम्भीरले ‘महफिल’ लुटे ।

केकेआरले २०२५ को मेगा लिलामीअघि श्रेयसलाई रिलिज गर्‍यो । उनलाई पञ्जावले २६.७५ करोड रुपैयाँमा किनेको थियो, जसले गर्दा उनी आईपीएल इतिहासको दोस्रो सबैभन्दा महँगो खेलाडी बने । यससँगै उनले ११ वर्षपछि पञ्जावलाई आईपीएलको प्लेअफ र फाइनलमा पुर्‍याएका छन् ।

हेड टु हेड

आईपीएलमा पञ्जाव र बेंगलोर चीर प्रतिद्धन्दी हुन् । दुवै कुल ३६ पटक आमने सामने भएका छन् । जसमा दुवै टिमले १८–१८ पटक जित हासिल गरेका छन् ।

आईपीएल २०२५ को यात्रालाई हेर्ने हो भने आरसीबी केहीमाथि भएको देखिन्छ । आईपीएल भेन्युलाई हेर्ने हो भने बेंगलोरले आफ्नो घरेलु मैदान एम. चिन्नास्वामी स्टेडियममा पञ्जावविरुद्ध ७ पटक जितेको छ । पञ्जावले सोही मैदानमा ६ पटक जित हासिल गरेको छ ।

मुल्लानपुर पञ्जावको घरेलु मैदान माहाराजा यादाविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भने घरेलु टोली आफैँ संघर्षमा अल्झिने गरेको । जबकि न्युट्रल भेन्यूमा भएको खेलमा पञ्जावले ४ मा जित हासिल गर्दा बेंगलोर २ मा जित्न सफल भएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियमलाई हेर्ने हो भने सन् २०२१ मा बेंगलोरविरुद्धको एक खेलमा पञ्जावले जित हासिल गरेको थियो ।
यस संस्करणमा दुवै टोली ३ पटक आमने सामने भए । जसमध्ये बेंगलोरले २ पटक खेल जित्यो ।

अप्रिल १८ मा वर्षाले प्रभावित भएको खेल पञ्जावले ५ विकेटले जित्यो । अप्रिल २० मा भएको खेल भने बेंगलोरले ७ विकेटले जित हासिल गर्‍यो ।
क्वालिफायर–१ बट फाइनलको यात्रा तय गर्न पनि बेंगलोरले पञ्जावलाई १०१ रनले हरायो । आईपीएल प्लेअफमा बेंगलोर र पञ्जाव पहिलोपटक भिडेको पनि यो पहिलोपटक थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register