प्रहरीले दियो काङ्ग्रेस सांसद राई पक्राउबारे सभामुखलाई जानकारी

काठमाडौं । नेपाल प्रहरीले नेपाली काङ्ग्रेसकी सांसद माया राईलाई पक्राउ गरिएकोबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले शनिबार सङ्घीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउबारे जानकारी दिएको हो । मायालाई शनिबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–१० कपनबाट पक्राउ गरिएको थियो । उनी गीतेद्रबाबु (जीबी) राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय […]

Apr 27, 2025 - 04:53
 0
प्रहरीले दियो काङ्ग्रेस सांसद राई पक्राउबारे सभामुखलाई जानकारी

काठमाडौं । नेपाल प्रहरीले नेपाली काङ्ग्रेसकी सांसद माया राईलाई पक्राउ गरिएकोबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले शनिबार सङ्घीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउबारे जानकारी दिएको हो ।

मायालाई शनिबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–१० कपनबाट पक्राउ गरिएको थियो ।

उनी गीतेद्रबाबु (जीबी) राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा फरार रहेकी थिइन् ।

सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीबी पनि फरार छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register