अमेरिकी युनाइटेड विमानकाे उडानमा समस्या आएपछि पुन: नाइजेरिया मै अवतरण

काठमाडाैं । नाइजेरियाबाट डिसी जाने अमेरिकी युनाइटेड विमानसेवामा उडानमा समस्या आए पछि विमान पुन:नाइजेरिया मै अवतरण गरेको छ । उडानको क्रममा हावामा समस्या उत्पन्न भए पछि ३८ जना घाइते भएको एनबिसीवाशिंगटन समाचारले जनाएको छ । युनाइटेड एयरलाइन्स(बिमानसेवा)ले उडानमा वास्तवमा के भयो भनेर निर्धारण गर्न अमेरिका र नाइजेरियाली अनुसन्धानकर्ताहरूसँग सहकार्य गरिरहेको बताएको छ। नाइजेरियाबाट वाशिंगटन, डीसी […]

Jan 26, 2025 - 15:46
 0
अमेरिकी युनाइटेड विमानकाे उडानमा समस्या आएपछि पुन: नाइजेरिया मै अवतरण

काठमाडाैं ।

नाइजेरियाबाट डिसी जाने अमेरिकी युनाइटेड विमानसेवामा उडानमा समस्या आए पछि विमान पुन:नाइजेरिया मै अवतरण गरेको छ ।


उडानको क्रममा हावामा समस्या उत्पन्न भए पछि ३८ जना घाइते भएको एनबिसीवाशिंगटन समाचारले जनाएको छ । युनाइटेड एयरलाइन्स(बिमानसेवा)ले उडानमा वास्तवमा के भयो भनेर निर्धारण गर्न अमेरिका र नाइजेरियाली अनुसन्धानकर्ताहरूसँग सहकार्य गरिरहेको बताएको छ।

नाइजेरियाबाट वाशिंगटन, डीसी जाने युनाइटेड बिमानको उडानमा हावामा समस्या आएपछि अठतीस जना घाइते भएका थिए । जसमध्ये छ जनालाई अस्पताल भर्ना गरिएको नाइजेरियाली अधिकारीहरूले जानकारी दिए ।

बोइङ ७८७(८ को यात्रु क्याबिन अव्यवस्थित अवस्थामा रहेको र खानाका किस्ती भुइँमा छरिएका तस्बिरहरु देखाइएको एनबिसीवाशिंगटनले समाचारमा लेखेको छ ।

नाइजेरियाको संघीय विमानस्थल प्राधिकरणले युनाइटेड उडान राति ११:५९ बजे लागोसबाट प्रस्थान गरेको बताएको छ। स्थानीय समय अनुसार बिहीबार (५:५९ बजे पूर्वीय समय) उडान भरेको “घण्टा” पछि यो शुक्रबार बिहान ३:२२ बजे (बिहीबार राति ९:२२ बजे पूर्वीय समय)मुर्तला मुहम्मद अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको निकायले जनाएको छ।

युनाइटेड एयरलाइन्स(विमानसेवा) ले शनिबार एक विज्ञप्ति जारी गर्दै बिमानमा २४५ यात्रु, ८ चालक दलका सदस्य र तीन बिमानचालकहरू सहितको उडान ६१३ “प्राविधिक समस्या र अप्रत्याशित विमान आवागमन” पछि सुरक्षित रूपमा लागोस फर्किएको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register