थप ६ जना इजरायली बन्धक रिहा गर्दै हमास

काठमाडौं । प्यालेस्टिनी सशस्त्र संगठन हमासले उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने सट्टामा ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसलाई आज (सोमबार)देखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन् । रिहा गरिने बन्धकमध्ये एक नागरिक […]

Jan 27, 2025 - 01:59
 0
थप ६ जना इजरायली बन्धक रिहा गर्दै हमास

काठमाडौं । प्यालेस्टिनी सशस्त्र संगठन हमासले उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने सट्टामा ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसलाई आज (सोमबार)देखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन् ।

रिहा गरिने बन्धकमध्ये एक नागरिक अर्बेल येहुद पनि रहेको बीबीसीको समाचारमा उल्लेख छ । आफ्ना सबै नागरिक रिहाइ नभएका कारण इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन ।

हमासले शनिबार चारजना बन्धकलाई रिहा गरेको थियो, तर त्यतिबेला येहुदलाई रिहा गरिएको थिएन ।

यसले गर्दा इजरायलले हमासमाथि युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको थियो । किनकि सम्झौताअनुसार पहिले इजरायली नागरिकलाई रिहा गर्नु पर्ने थियो ।

गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि हमासले सात बन्धकलाई रिहा गरेको छ । त्यसको सट्टामा इजरायलले २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।

गाजाबाट मुक्त भएका चार इजरायली बन्धक स्वदेश फर्किए

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register