जगदीश खड्का सिइओ बनेपछि इसेवाको ‘हरिबिजोग’, अन्य वालेटलाई फाईदै फाइदा ! ‘बदनियत’को शंका !

काठमाडौँ । डिजिटल वालेटमा केहि प्राविधिक समस्या आउनु ठुलो कुरा होइन । तर आफुलाई देशको नम्बर १ डिजिटल वालेट दाबी गर्ने इसेवा हप्तैपिच्छे बिग्रिन थालेपछि सो वालेटका सिइओको नियतमाथि नै प्रश्न उठ्न थालेको छ । हप्तामा कम्तीमा पनि एक पटक ठुलै समस्या आउने, हरेकदिनजसो औसत समस्या आईरहने भएपछि खल्ती, आइएमई पे लगायतका वालेटका सीइओ र […]

Jan 27, 2025 - 15:09
 0
जगदीश खड्का सिइओ बनेपछि इसेवाको ‘हरिबिजोग’, अन्य वालेटलाई फाईदै फाइदा ! ‘बदनियत’को शंका !
काठमाडौँ । डिजिटल वालेटमा केहि प्राविधिक समस्या आउनु ठुलो कुरा होइन । तर आफुलाई देशको नम्बर १ डिजिटल वालेट दाबी गर्ने इसेवा हप्तैपिच्छे बिग्रिन थालेपछि सो वालेटका सिइओको नियतमाथि नै प्रश्न उठ्न थालेको छ । हप्तामा कम्तीमा पनि एक पटक ठुलै समस्या आउने, हरेकदिनजसो औसत समस्या आईरहने भएपछि खल्ती, आइएमई पे लगायतका वालेटका सीइओ र अध्यक्षसँग दोस्ती जमाएका खड्काले कतै भित्रभित्रै कम्पनीलाई धोका त दिईरहेका छैनन् ? भन्ने प्रश्न इसेवाभित्रै बहसको विषय बन्न थालेको छ । केहि पटकसम्म यसलाई संयोग मानेका इसेवाका कर्मचारीहरुले पनि खड्का सीइओ भएसँगै इसेवा दर्जन पटकभन्दा बढी बिग्रिन थालेपछि उनको ‘नियत’माथि नै प्रश्न उठाउन थालेका हुन् ।
इसेवाभित्रै छलफल -‘जागिर इसेवाको, काम कसको ?’
इसेवाभित्रै हाल इसेवामा सीइओ रहेका खड्काले इसेवाको जागिर खाएर अरुका लागि काम त गरिरहेका छैनन् ? भन्ने बहस सुरु भएको छ । यसअघि नेपाल टेलिकमको जागिर खाएर कम्पनीका कतिपय कर्मचारीले एनसेलको काम गर्ने गरेको चर्चा चल्ने गरेको थियो । अहिले ठ्याक्कै त्यस्तै बहस इसेवामा चल्न थालेको छ ।
‘हाल खल्तीमा सीइओ रहेका बिनय खड्का जगदीश खड्काकै ‘कलिग हुन् । आइएमई पेको कुरा त सिइओ साप इसेवाको भन्दा बढी गर्नुहुन्छ ।’ सीइओ सरले जुन समयमा ‘बिग्रेका है’ भनेर मिटीङमा बढी काममा प्रेसर दिनुहुन्छ, जुन समय प्राविधिक टोलीसँग सीइओ सर बढी बस्नुहुन्छ, त्यसको केहि समयपछि इसेवामा समस्या आउँछ । यसलाई कम्पनीले गम्भीर रुपमा लिनुपर्छ ।’ इसेवाका एक सिनियर कर्मचारी भन्छन्, ‘भेण्डरहरु भड्काउने काम भएको छ । मिडिया त यसै पनि खड्का आए पछि एग्रेसिभ छ । कम्पनीका आन्तरिक सूचना बाहिरिएका छन् । राम्रा कर्मचारीहरुलाई निकालिएको छ । यसले पनि इसेवाको तलव खाएर कतै खड्का अरुको काम गरिरहेका त छैनन् भन्ने प्रश्न उठेको छ ।’
अन्य वालेटलाई फाईदै फाइदा !
इसेवा बिग्रिंदा अन्य वालेटलाई भने फाइदा नै फाइदा छ । इसेवा बिग्रिएको हरेकपटकजसो समयमा इसेवाका धेरै ग्राहक अन्य वालेटमा सिफ्ट हुने गरेको इसेवाकै कर्मचारीहरु बताउँछन् । ‘इसेवा बिग्रिंदा सबैभन्दा बढी फाइदा खल्तीलाई भएको छ । त्यसपछि आइएमई पे र मोरुले त्यसको फाइदा लिएको छ ।’ इसेवाका कर्मचारी भन्छन्, ‘भोलि कुनै दिन इसेवा छोडेर जगदीश सर खल्ती वा आइएमई पेमा जागिर खान जानुभयो भने अन्यथा नलिए हुन्छ ।’
हाल बिनय खड्काले खल्ती छोड्न लागेको र जगदीश खड्कालाई खल्तीले भित्रभित्रै अप्रोच गरिरहेको चर्चा चल्नु र इसेवा हप्तामा एक पटक बिग्रिन थाल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यस विषयमा प्रश्न गर्न सीइओ खड्कालाई फोन गर्दा उनले भेटेरै कुरा गर्ने र आफुले समय मिलाएर बोलाउने बताएका थिए । तर अर्थ सरोकारकर्मीसँग भेट्छु भनेको दिन पनि इसेवा बिग्रिएकाले उनले समय नै दिएनन् । भोलिपल्ट समय माग्दा पनि उनले न फोनमा कुरा गर्न माने, न भेट गर्न माने । भोलिपल्ट त झन् इसेवा यसरि बिग्रियो कि, कम्पनीले आफ्नो झुर सेवाको लागि आफ्ना प्रयोगकर्ताहरुसँग माफी नै मागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register