व्यापार मेलामा जडीबुटीदेखि सुकुटीसम्म

कास्की । पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । त्यहाँ विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । स्थानीय जयबहादुर थापा वरपर पाइने जडीबुटीहरु संकलन गर्छन् र त्यसलाई बजारसम्म पु¥याउँछन् । सितल जडीबुटीको नामबाट उनले यो व्यवसाय गर्न थालेको लामै समय भयो । कतै मेला/महोत्सव आयोजना भयो भने उनी गुदरगानोदेखि विभिन्नखाले जडीबुटीको प्रदर्शन र बिक्री […]

Jan 27, 2025 - 15:11
 0
व्यापार मेलामा जडीबुटीदेखि सुकुटीसम्म

कास्की ।

पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । त्यहाँ विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । स्थानीय जयबहादुर थापा वरपर पाइने जडीबुटीहरु संकलन गर्छन् र त्यसलाई बजारसम्म पु¥याउँछन् । सितल जडीबुटीको नामबाट उनले यो व्यवसाय गर्न थालेको लामै समय भयो । कतै मेला/महोत्सव आयोजना भयो भने उनी गुदरगानोदेखि विभिन्नखाले जडीबुटीको प्रदर्शन र बिक्री गर्छन् । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलामा उनी भन्दै थिए,‘यी जडीबुटीहरुले तपाईंलाई केही बेफाइदा गर्दैन । खाँदा साडइ इफेक्ट पनि हुँदैन । स्वस्थ रहन जडीबुटी खानुहोस् ।’
उनको स्टलमा रहेका थरिथरीका जडीबुटीप्रति अवलोकनकर्ताले विशेष चासो राखेका छन् । ‘सबैले जडीबुटी चिन्दैनन्, त्यसको उपयोगिता के हो भन्ने पनि जान्दैनन्, हामी उहाँहरुलाई महत्व बुझाउँछौँ,’उनले भने ।

त्यसो त, नेपालको १ हजारदेखि १५ सय मिटरसम्मको उचाइमा पाइने १ हजार ९५० प्रकारका जडीबुटीहरु औषधिको रुपमा प्रयोग हुँदै आएको छ । तीमध्ये १ सय ४३ लाई व्यावसायिक औषधि उत्पादनमा प्रयोग हुने गरी वर्गीकरण गरिएको छ । परम्परागत रुपले प्रयोग हुने औषधीय गुणसहितका धेरै जडीबुटीहरु हराउँदै गएका छन् । जति छन्, त्यसको पनि समुचित प्रयोग भएकै छैन । खल गरेर (पिसेर) औषधि बनाउने वैद्यहरु घट्दैछन् । परम्परा धानिरहेका आम्ची( हिमाली वैद्य) हरुले जडीबुटीको उपयोग गरिरहे पनि आधुनिक चिकित्सा विज्ञानको अगाडि हाम्रा अमूल्य सम्पत्ति र सभ्यता लोप हुँदै गएको छ ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा कृषि व्यवस्थापन उपसमिति संयोजक रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे ) का अनुसार पोखरा महानगरपालिका कृषि विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकी प्रदेशलगायतसँगको सहकार्यमा मेलामा जडीबुटी तथा कृषि उत्पादनहरुको प्रदर्शनी गरिएको हो । उनका अनुसार मेलामा कृषिसँग सम्बन्धित २५ वटाभन्दा बढी स्टल रहेका छन् । तीमध्ये धेरैजसोलाई निःशुल्क रुपले प्रदर्शनी एवं बिक्रीको व्यवस्था मिलाइएको उनले बताए । पोखरा उद्योग वाणिज्य संघले शिक्षा, स्वास्थ्य,पर्यटन तथा कृषिको व्यावसायिकरणको लागि काम गर्दै आएको बताउँदै उनले भने,‘कृषकहरुलाई आफ्ना उत्पादनहरुको प्रदर्शनी,बिक्री र बजारीकरणमा सघाउनको लागि मेला उपयोगी भएको छ ।’

पर्वत फलेबासको सामुदायिक खाद्य प्रशोधन केन्द्रबाट उत्पादित अमलाको अचार, चितवनको चेपाङ समुदायले उत्पादन गरेका च्यूरीको साबुन, चितवनको कालिका ६ को अर्जुृन व्यावसायिक मौरी फर्मको मह,स्मार्ट कृषि बहुउद्देश्यी फार्मको गुन्द्रुक र मस्यौरा,जय देउराली फर्मको किबी,हेमजामा उत्पादित तरकारीहरु,बागलुङ काठेखोलाको उत्पादन कोदोको बिस्कुट,ढोंडबेसीको खुँदो,चितवन रामनगरको मह,मनखुसी खाद्य उद्योगको सिरम्लासम्म राखिएको छ । यस्तै पोखराकै अतिथि भान्साघरको उत्पादन भैंसीको सुकुटी, जुजुधौसम्मलाई मेलामा स्थान दिइएको तिमिल्सिनाको भनाइ छ ।

त्यसो त, क्यान कास्कीसँगको सहकार्यमा आयोजित १२ औं क्यान इन्फोटेक एवं चौथो मोवाइल मेलामा सूचना प्रविधिसम्बन्धी प्रदर्शनीले पनि अवलोकनकर्ताको ध्यान खिचेको छ । मेलाअन्तर्गत मंगलबार मोवाइल एप्स डेभलपर विश्वराज पौडेल,आइटी सुरक्षा विज्ञ रुपेश आचार्य तथा यार्सा टे«डका इञ्जिनियर रोशन श्रेष्ठले विद्यार्थीहरुलाई करिअरसम्बन्धी प्रशिक्षण दिने प्रचार प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि संचालित मेलाको नेपाल उद्योग वािणज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार,पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका छन् । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ,क्यान कास्की, नेपाल मोवाइल बितरक संघ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य गरेको छ । यस्तै, मधेश प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूताबास,स्वामी विवेकानन्द कल्चरल सेण्टर,पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको संघका उपमहासचिव सुदीप श्रेष्ठले जानकारी दिए ।

मेलाको मुख्य प्रायोजकमा बाल्ट्रा होम एप्लाइन्सेस, सहप्रायोजकमा समृद्धि स्टिल्स,लक्ष्मी इन्टरकन्टिनेण्टल (हुण्डाइ),सुजल डेरीको सफल दूध र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।मुक्तिनाथ विकास बैंकले मेलाको मुलद्वार प्रायोजन गरेको छ भने कृषि विकास बैंक लिमिटेड स्टेज प्रायोजक रहेको छ । ग्लोबल आइएमइ बैंक लिमिटेड,गरिमा विकास बैंक लिमिटेड,नेपाल बैंक लिमिटेड,माछापुच्छे« बैक लिमिटेड,ग्रिन डेभलपमेण्ट बैंक लिमिटेड,कामना सेवा विकास बैंक लिमिटेड,नेपाल टेलिकम,याक ब्रोइङ कम्पनी,गृहलक्ष्मी ग्यास कम्पनी प्रालि,डाबर नेपाललगायतले मेलामा प्रायोजकको भूमिका निभाएका छन् ।

युनाइटेड अजोड इन्स्योरेन्स प्रालि इन्स्योरेन्स पार्टनर, पोखरा इन्टरनेट प्रालि इन्टरनेट पार्टनर,खल्ती डिजिटल वालेट पार्टनर र यती एयरलाइन्स अभिसियल एयरलाइन्स पार्टनर रहँदा कर्माचार्य फुड एण्ड ग्रेन्स प्रालि,अन्नपूर्ण फुड एण्ड बेभरेज प्रालिको सोल्टी पानी, ,बागमती प्लाष्टिक, बन्दीपुर केबलकार,फिस्टेल ड्रिम पार्क प्रालिले विभिन्न विधामा सहकार्य गरेका छन् । मेलाको हस्पिटल पार्टनरमा मनिपाल अस्पताल तथा हस्पिटालिटी पार्टनरमा चौतारी बुटिक होटल प्रालि,कुटी रिसोर्ट र होटल गोवा प्यालेस रहेका छन् ।

सोमबार चर्चित कलाकारहरु जीवन दाहाल, शंकरविरही गुरुङ,सुनिता नेपाली,कृष्णा गुरुङलगायतको प्रस्तुति रह्यो भने मंगलबार पशुपति शर्मा, चोलेन्द्र पौडेल,मधु थापा मगर,डिप्लम खाती, तुलसा क्षेत्रीलगायतको सांस्कृतिक उपसमितिका संयोजक ललित कुँवरले जानकारी दिए । मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोवाइल उपहार दिइने व्यवस्था मिलाइएको छ भने आइटी महोत्सवअन्तर्गत पनि विभिन्न उपहार प्रदान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register