अनलाइन सट्टेबाजी गराउने २ जना पक्राउ, विभिन्न बैंक खाता प्रयोग गरेर २ करोडको कारोबार गरेको खुलासा 

काठमाडौँ । नेपालमा बर्जित अनलाइन जुवा (सट्टेबाजी) खेलाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका-९ घर भई हाल काठमाडौँ बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका-१३ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन् ।  प्रहरीका अनुसार उनहीरुले मान्ट्रा १०८ नामक वेबसाइटमार्फत सट्टेबाजी […]

Jan 28, 2025 - 03:39
 0
अनलाइन सट्टेबाजी गराउने २ जना पक्राउ, विभिन्न बैंक खाता प्रयोग गरेर २ करोडको कारोबार गरेको खुलासा 

काठमाडौँ । नेपालमा बर्जित अनलाइन जुवा (सट्टेबाजी) खेलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका-९ घर भई हाल काठमाडौँ बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका-१३ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन् । 

प्रहरीका अनुसार उनहीरुले मान्ट्रा १०८ नामक वेबसाइटमार्फत सट्टेबाजी गराउने गरी रकम संकलन गर्ने, क्रिप्टो मुद्रा व्यापार गर्ने लगायतका गतिविधि गरेको अनुसन्धानबाट खुलेको छ । 

उनीहरुले हालसम्म विभिन्न बैंक खाता प्रयोग गरी दुई करोड ४१ हजार ६ सय ३६ रुपैयाँ बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले चार थान मोबाइल सेट, कम्प्युटर एक थान, ५९ थान सिमकार्ड, विभिन्न व्यक्तिका नाममा रहेका एटिएम कार्ड २७ थान, डायरी पाँच थान, चेकबुक सात थान र नगद ९० हजार बरामद गरिएको प्रहरीले जनाएको छ  ।

उनीहरुलाई थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register