दुई लाख ६९ हजार ६७८ हज यात्रीलाई मक्का प्रवेशमा रोक

जेद्दाह, १९ जेठ । साउदी अरबको सरकारले अनुमति बिना हज गर्न खोज्ने दुई लाख ६९ हजार ६७८ हज यात्रीहरूलाई मक्का प्रवेश गर्नबाट रोकेको छ । हज यात्रालाई सुरक्षित र व्यवस्थित राख्न यो कदम चालिएको हो । हरेक वर्ष लाखौँ मानिसहरू त्यहाँ हजको लागि जान्छन् । यति बेला ठुलो जमातमा मानिसहरू जान्छन् जसका कारण अनेकौँ सुरक्षा [...] The post दुई लाख ६९ हजार ६७८ हज यात्रीलाई मक्का प्रवेशमा रोक appeared first on Jhapa Online.

Jun 2, 2025 - 05:57
 0
दुई लाख ६९ हजार ६७८ हज यात्रीलाई मक्का प्रवेशमा रोक

जेद्दाह, १९ जेठ । साउदी अरबको सरकारले अनुमति बिना हज गर्न खोज्ने दुई लाख ६९ हजार ६७८ हज यात्रीहरूलाई मक्का प्रवेश गर्नबाट रोकेको छ । हज यात्रालाई सुरक्षित र व्यवस्थित राख्न यो कदम चालिएको हो ।

हरेक वर्ष लाखौँ मानिसहरू त्यहाँ हजको लागि जान्छन् । यति बेला ठुलो जमातमा मानिसहरू जान्छन् जसका कारण अनेकौँ सुरक्षा समस्याहरू निम्तिन्छन् । गत वर्ष चर्को गर्मीका कारण हजका क्रममा धेरै मानिसहरूले ज्यान गुमाएका थिए, जसमा अनुमति बिना आएकाहरूको ठुलो संख्या पनि समावेश थियो । अनधिकृत यात्रुहरूको भीडका कारण यस्ता घटनाहरू बढी हुने सरकारको भनाइ छ ।

सरकारले अनुमति बिना हज गर्नुलाई अपराध मानिने र यसका लागि सजाय पनि तोकेको स्पष्ट पारेको छ । जसमा ५ हजार डलरसम्मको जरिवाना पनि छ । सरकारले साउदी नागरिक र प्रवासी दुवै विरुद्ध कारबाही गर्नेछ । हज नियम तोड्ने २३ हजारभन्दा बढी व्यक्तिहरूलाई जरिवाना गरिएको छ । ४०० हज कम्पनीहरूको लाइसेन्स रद्द गरिएको छ ।

यस वर्ष सुरक्षा उद्देश्यका लागि हजमा पहिलो पटक ड्रोन प्रयोग गरिँदै छ । साउदी नागरिक सुरक्षाले प्रविधिको प्रयोगले हजलाई सुरक्षित र व्यवस्थित बनाउन मद्दत गर्ने बताएको छ । ‘प्रत्येक तीर्थयात्री हाम्रो निगरानीमा छन् र नियम तोड्ने जो कोही पनि हाम्रो हिरासतमा हुनेछ ।’ लेफ्टिनेन्ट जनरल मोहम्मद अल–ओमारीले भनेका छन् । यस वर्ष अहिलेसम्म १४ लाखभन्दा बढी अधिकृत तीर्थयात्री मक्का पुगेका छन् । आगामी दिनहरूमा अझ धेरै मानिसहरू पुग्नेछन् ।

The post दुई लाख ६९ हजार ६७८ हज यात्रीलाई मक्का प्रवेशमा रोक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register