समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम, नतिरे कालोसूचीमा राखिने, बैंक खाता पनि रोक्का गरिने ! 

काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त तीन सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम दिएको छ ।  प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ललितपुरको सुमेरु सहकारी, काठमाडौँको लालीगुराँस सहकारी र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम दिएको हो । समितिले ३५ दिनभित्र सहकारीबाट ऋण लिएका ऋणीलाई […]

Jan 28, 2025 - 04:42
 0
समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम, नतिरे कालोसूचीमा राखिने, बैंक खाता पनि रोक्का गरिने ! 

काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त तीन सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम दिएको छ । 

प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ललितपुरको सुमेरु सहकारी, काठमाडौँको लालीगुराँस सहकारी र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम दिएको हो ।

समितिले ३५ दिनभित्र सहकारीबाट ऋण लिएका ऋणीलाई सहकारीबाट लिएको ऋणको साँवा र ब्याजसहित भुक्तानी गर्न भनेको छ । यी तीनवटै सहकारीलाई बागमती प्रदेश सरकारले गत पुष २८ गते समस्याग्रस्त घोषणा गरेको थियो । 

समितिले तोकेको समयभित्र ऋणको साँवा र ब्याज भुक्तानी नगर्ने ऋणीको अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थामा कारोबार गर्न नपाउनेगरी चल अचल सम्पत्ति रोक्का राख्ने र कालोसूचीमा राख्ने चेतावनी दिएको छ । समितिले गत सोमबार तीनवटै सहकारीका सञ्चालक तथा कर्मचारीलाई सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात एवम् सम्पत्ति समितिसमक्ष बुझाई कार्यालय बन्द गर्न र कुनै पनि कारोबार नगर्न निर्देशन दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register