मोटरसाइकल दुर्घटनामा परियारको मृत्यु, लोहनी गम्भीर घाइते

काठमाडौं । नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । सरावल गाउँपालिका – १ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश नं ३- ०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबीचको पेटीमा ठोक्किएको हो । मोटरसाइकलमा सवार रुपन्देहीको शुद्धोधन गाउँपालिकाका २८ वर्षीय कमल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा […]

Feb 1, 2025 - 02:22
 0
मोटरसाइकल दुर्घटनामा परियारको मृत्यु, लोहनी गम्भीर घाइते

काठमाडौं । नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

सरावल गाउँपालिका – १ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश नं ३- ०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबीचको पेटीमा ठोक्किएको हो ।

मोटरसाइकलमा सवार रुपन्देहीको शुद्धोधन गाउँपालिकाका २८ वर्षीय कमल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको लिखु ३ का २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register