ब्रिगेड ब्वाइजलाई हराउँदै पुलिस सेमिफाइनलमा
काठमाडौं । आहा रारा पोखरा गोल्डकपमा नेपाल पुलिस क्लब ब्रिगेड ब्वइज क्लब यूकेलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वार्टरफाइनल खेलमा पुलिसले ब्रिगेड ब्वाइजलाई २–० गोलअन्तरले पराजित गरेको हो । पुलिसका लागि विवेक पान्डे र राम वाजीले गोल गरे । खेलको २७ओैं मिनेटमा पुलिसका लागि विवेकले कर्नरमा गोल गरेका थिए । खेलको ४०औं […]

काठमाडौं । आहा रारा पोखरा गोल्डकपमा नेपाल पुलिस क्लब ब्रिगेड ब्वइज क्लब यूकेलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको क्वार्टरफाइनल खेलमा पुलिसले ब्रिगेड ब्वाइजलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
पुलिसका लागि विवेक पान्डे र राम वाजीले गोल गरे ।
खेलको २७ओैं मिनेटमा पुलिसका लागि विवेकले कर्नरमा गोल गरेका थिए ।
खेलको ४०औं मिनेटमा पुलिसले कर्नर पाएको थियो । यसपटक पनि विवेकले नै कर्नर प्रहार गरे । उनको प्रहारलाई कप्तान रामले गोलमा परिणत गरे ।
What's Your Reaction?






