नेपालको लगातार दोस्रो हार
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । यसअघि पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । नेपालले दिएको १०२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्याण्डका लागि नानानपत […]

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । यसअघि पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।
नेपालले दिएको १०२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
थाइल्याण्डका लागि नानानपत कोनचारोकेले अर्धशतकीय पारी खेलिन् । उनले ५८ बलमा ६ चौका प्रहार गर्दै अविजित ६० रन बनाइन् ।
नेपालका लागि मनीषा उपाध्यायले दुई विकेट लिइन् ।
यसअघि नेपालले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १०१ रन बनाएको थियो ।
नेपालका लागि कविता कुँवरले २५ रन बनाउँदा विन्दु रावलले पनि २५ रन नै जोडिन् ।
कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
थाइल्याण्डका लागि थिपाचा पुत्थावोङले तीन तथा फनिता माया र नत्तया बुछाथामले २–२ र चनिदा सुतेरुआङले एक विकेट लिइन् ।
What's Your Reaction?






