सान्त्वना जितको खोजीमा नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै नेपाल

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलामा नेपाल आज (बुधबार) सान्त्वना जितको खोजीका लागि नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । चार खेल खेल्दा सबैमा पराजित भएपछि घरेलु टोली नेपाल उपाधि दौडबाट बाहिरिसकेको छ । मङ्गलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको थियो । नेपाल […]

Feb 5, 2025 - 05:15
 0
सान्त्वना जितको खोजीमा नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै नेपाल

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलामा नेपाल आज (बुधबार) सान्त्वना जितको खोजीका लागि नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै छ ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

चार खेल खेल्दा सबैमा पराजित भएपछि घरेलु टोली नेपाल उपाधि दौडबाट बाहिरिसकेको छ ।

मङ्गलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको थियो ।

नेपाल दुई–दुई पटक नेदरल्यान्ड्स र थाइल्यान्डसँग पराजित भइसकेको छ । यसर्थ आज उ नेदरल्यान्डविरुद्ध उत्रँदा सान्त्वना जितको खोजीमा हुनेछ ।

अन्तिम खेलमा नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register