१२ किलोको काउली फलाएका पदम भन्छन् – विदेश जाने सोच कहिल्यै आएन

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भए । गत वर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भएका थिए । यस वर्ष भने उनले एउटा काउली १२ केजी ८८० ग्रामको फलाए । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट […]

Feb 2, 2025 - 06:15
 0
१२ किलोको काउली फलाएका पदम भन्छन् – विदेश जाने सोच कहिल्यै आएन

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भए ।

गत वर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भएका थिए । यस वर्ष भने उनले एउटा काउली १२ केजी ८८० ग्रामको फलाए ।

विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थालेका खत्री यतिबेला यस क्षेत्रकै सफल किसानमा गनिन्छन् । उनले भने, “पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ । यस वर्ष १२ केजी ८८० ग्रामको काउली फलाउन सफल भएँ ।”

उनले १८ रोपनी जग्गा तरकारीखेती गर्दै आएका छन् । आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा आफ्नो मनमा भने कहिलै विदेश जाने सोच नआएको उनले बताए । त्यसैले गाउँमै उद्यमी बनेको उनको भनाइ छ ।

स्देशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० देखि १२ लाख आम्दानी गर्दै आएका छन् । अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको खत्रीले बताए ।

तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै उनले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् ।

खत्रीको फार्ममा आठवटा प्लाष्टिक टनेलमध्ये दुईवटा हाइटेक र अन्य परम्परागत टनेल छन् । खत्रीले कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाको प्राविधिक सहयोगमा आफू सफल भएको बताए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register