सेयर बजारमा उछाल, परिसूचक २७ सयको विन्दुमा 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा हरियाली भएको छ । आज नेप्से परिसूचक ६९ दशमलव ८० अङ्कले बढेर २७२७ दशमलव ५८ को विन्दुमा उक्लिएको छ । आइतबार ३३० कम्पनीका १ लाख ३० हजार ९१३ पटकको कारोबारमा २ करोड ४८ लाख ४८ हजार ०७९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Feb 2, 2025 - 09:42
 0
सेयर बजारमा उछाल, परिसूचक २७ सयको विन्दुमा 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा हरियाली भएको छ । आज नेप्से परिसूचक ६९ दशमलव ८० अङ्कले बढेर २७२७ दशमलव ५८ को विन्दुमा उक्लिएको छ ।

आइतबार ३३० कम्पनीका १ लाख ३० हजार ९१३ पटकको कारोबारमा २ करोड ४८ लाख ४८ हजार ०७९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ रहेको छ ।

२०२ कम्पनीका मूल्य बढ्दा ३७ वटाको घटेको छ भने ३ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । आज ७ कम्पनीका लगानीकर्ताले २० प्रतिशतका दरले कमाएका छन् ।

आइतबार एनआरएन इन्फ्रास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् । जसको कारोबार रकम ४१ करोड ९७ लाख २ हजार रुपैयाँ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register