तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ ।  राष्ट्रिय सभाको आजको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ । बैठकमा विधयान व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गरेकी हुन् । राष्ट्रियसभामा उत्पति भएको उक्त विधेयकमा दफाबार छलफलका लागि समितिमा पठाइएको थियो । उक्त विधेयकमा २९ जना सांसदले ७१ वटा संशोधन प्रस्ताव गरेका थिए । […]

Feb 2, 2025 - 09:54
 0
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ ।  राष्ट्रिय सभाको आजको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ । बैठकमा विधयान व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गरेकी हुन् ।

राष्ट्रियसभामा उत्पति भएको उक्त विधेयकमा दफाबार छलफलका लागि समितिमा पठाइएको थियो । उक्त विधेयकमा २९ जना सांसदले ७१ वटा संशोधन प्रस्ताव गरेका थिए । सभापति दाहालले विधेयकमा संशोधनसहित विज्ञहरूबाट सुझाव लिइएको र विधेयकको उद्देश्य आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि, आँखाका क्षेत्रमा नयाँ प्रविधिको विकास गर्न, गुणस्तरीय सेवा प्रदान गर्ने र सार्वजनिक विश्वविद्यालय सञ्चालन गर्ने रहेको सदनलाई जानकारी गराए ।

समितिले यही माघ १५ गते सो विधेयक समितिबाट पारित गरेको थियो । राष्ट्रियसभा अर्को बैठक यही माघ २४ गते बिहीबार १ः१५ बस्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register