टाइगर कप भलिबलको उपाधि आयोजकलाई
कास्की । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित टाइगर कप भलिबलको उपाधि आयोजक टोलीले हात पारेको छ । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि आयोजकले जितेको हो । पोखरा रङ्गशालामा आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा अघिल्लो संस्करणको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ सेटले पराजित गर्दै आयोजक टोलीले पहिलो पटक उपाधि […]

कास्की । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित टाइगर कप भलिबलको उपाधि आयोजक टोलीले हात पारेको छ ।
टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि आयोजकले जितेको हो ।
पोखरा रङ्गशालामा आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा अघिल्लो संस्करणको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ सेटले पराजित गर्दै आयोजक टोलीले पहिलो पटक उपाधि जितेको हो ।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचाैं सेटमा धकेलिएको थियो ।
पाँचौँ सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकालेपछि उपाधि हात पारेको हो । पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमा नै उपाधि चुमेको छ ।
च्याम्पियन बनेको टाइगर ग्रुपले नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउँदा उपविजेता बनेको एपीएफले रु दुई लाख ८५ हजार पाँच सय ५५ प्राप्त गरेको छ ।
What's Your Reaction?






