‘लो स्कोरिङ’ खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई हरायो

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा थाइल्याण्डले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको हो । थाइल्याण्डले दिएको ८७ रनको झिनो लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रन बनाएर अलआउट भयो । थाइल्याण्डका लागि धुँवाधार बलिङ गर्दै थिपाचा पुथावोंग र ओनिचा […]

Feb 3, 2025 - 09:33
 0
‘लो स्कोरिङ’ खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई हरायो

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा थाइल्याण्डले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको हो ।

थाइल्याण्डले दिएको ८७ रनको झिनो लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रन बनाएर अलआउट भयो ।

थाइल्याण्डका लागि धुँवाधार बलिङ गर्दै थिपाचा पुथावोंग र ओनिचा कामचोम्फुले ३–३ विकेट लिइन् ।

सो क्रममा थिपाचाले ४ ओभरमा १० रन खर्चेर २ मेडन फालिन् । ओनिचाले १७ रन खर्चेर ३ विकेट लिइन् ।

यसअघि थाइल्याण्ड १९.५ ओभरमा ८६ रन बनाएर अलआउट भएको थियो ।

थाइल्याण्डका लागि चानिदा सुट्ठिरुआंगले २७ र फनिता मायाले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

नेदरल्याण्ड्सका लागि इरिस ज्विलिङ, इभा लिन्च, र सिल्भर सिगर्सले २–२ विकेट लिइन् । इसाबेल भान डर वोनिङले १ विकेट लिइन् ।

अब मङ्गलबार हुने खेलमा नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register