बन्द हुँदै यूएसएआईडी, हजारौँ एनजिओकर्मीको उठिबास लाग्दै !

काठमाडौँ । अमेरिकी सरकारले अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको छ । यूएसएआईडी बन्द गर्न लागेको अमेरिकी सरकारी दक्षता विभागका निर्देशक एलन मस्कले घोषणा गरेका हुन् ।  उनले सामाजिक सञ्जाल एक्समा एक अडियो पोष्ट गर्दै यूएसएआईडी बन्द गर्ने प्रक्रिया थालिएको बताएका छन् ।  यूएसएआईडी बन्द गर्ने मस्कको घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत समर्थन […]

Feb 3, 2025 - 12:33
 0
बन्द हुँदै यूएसएआईडी, हजारौँ एनजिओकर्मीको उठिबास लाग्दै !

काठमाडौँ । अमेरिकी सरकारले अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको छ । यूएसएआईडी बन्द गर्न लागेको अमेरिकी सरकारी दक्षता विभागका निर्देशक एलन मस्कले घोषणा गरेका हुन् । 

उनले सामाजिक सञ्जाल एक्समा एक अडियो पोष्ट गर्दै यूएसएआईडी बन्द गर्ने प्रक्रिया थालिएको बताएका छन् । 

यूएसएआईडी बन्द गर्ने मस्कको घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत समर्थन जनाएका छन् । यद्यपि ह्वाइट हाउसले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । 

अमेरिकाले यूएसएआईडीमार्फत नेपालमा आर्थिक सहयोग प्रदान गर्दै आएको छ । यूएसएआईडी बन्द भएसँगै एनजिओ/आइएनजिओ तथा गैरनाफामूलक कम्पनीमार्फत नेपालले पाइरहेको सहयोग बन्द हुनेछ भने यूएसएआईडी बन्द हुँदा नेपालमा थुप्रै एनजिओकर्मीहरुको उठिबास लाग्नेछ । केही दिनयता नेपालमा यूएसएआईडको वेबसाइटसमेत बन्द छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register