१० वर्षअघि डिभी परेर अमेरिका गएका नै देश निकालामा, अन्ततः रित्तो हात फर्किए नेपाल 

काठमाडौँ । १० वर्षअघि डाइभर्सिटी भिसा (डिभी) परेर अमेरिका गएका व्यक्ति देश निकालामा परेका छन् । देश निकालामा परेर आइतबार राती नेपाल फर्काइएका ३७ जनामध्ये एकजना डिभी परेर अमेरिका गएको खुलेको हो ।  स्रोतका अनुसार १० वर्षअघि अमेरिका पुगेका उनी अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थिए ।  स्थायी घर काठमाडौँ भएका ती व्यक्ति अमेरिकामा भने आफन्तसँग […]

Jun 9, 2025 - 12:19
 0
१० वर्षअघि डिभी परेर अमेरिका गएका नै देश निकालामा, अन्ततः रित्तो हात फर्किए नेपाल 

काठमाडौँ । १० वर्षअघि डाइभर्सिटी भिसा (डिभी) परेर अमेरिका गएका व्यक्ति देश निकालामा परेका छन् । देश निकालामा परेर आइतबार राती नेपाल फर्काइएका ३७ जनामध्ये एकजना डिभी परेर अमेरिका गएको खुलेको हो । 

स्रोतका अनुसार १० वर्षअघि अमेरिका पुगेका उनी अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थिए । 

स्थायी घर काठमाडौँ भएका ती व्यक्ति अमेरिकामा भने आफन्तसँग बस्दै आएका थिए । सोहीबीच उनको परिवारमा विवाद परेको थियो । त्यहीबेला प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

उनीमाथिको अनुसन्धानपछि कानूनी प्रक्रिया पूरा गरेर उनलाई अमरिकी प्रशासनले देश निकाला गरेको अध्यागमन कार्यालयले जनाएको छ । उनीसहित ३७ जना नेपालीलाई चार्टड विमानमार्फत काठमाडौँ ल्याइएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register