प्रधानमन्त्रीलाई राक्सिराङको पेरुङ्गोमा चिउरी

चेपाङ समुदायलाई प्रकृतिका पुजारी मानिन्छन् । चेपाङ समुदायको चिउरीसँगको सम्बन्ध भने प्रगाढ छ । किनकि, चेपाङ समुदायमा छोरीलाई विवाहमा चिउरीको बोट दाइजो दिने चलन छ ।

Jun 9, 2025 - 17:21
 0
प्रधानमन्त्रीलाई राक्सिराङको पेरुङ्गोमा चिउरी
हेटौंडा । 

चेपाङ समुदायलाई प्रकृतिका पुजारी मानिन्छन् । चेपाङ समुदायको चिउरीसँगको सम्बन्ध भने प्रगाढ छ । किनकि, चेपाङ समुदायमा छोरीलाई विवाहमा चिउरीको बोट दाइजो दिने चलन छ ।

वनमा आधारित जीवनशैली अपनाउने र प्रकृतिका पुजारी चेपाङ समुदायले चिउरीको रुखलाई पनि सम्पत्ति मानेर दाइजो दिने गर्दछ । विशेषगरि चेपाङ समुदाय र समुदायको स्थानविशेष धर्म, सँस्कृति, जीविकोपार्जन र रीतिरिवाजसँग जोडिएको चिउरी, त्यसमा पनि उत्पादन हुने प्रमुख ठाउँ मकवानपुरको बिकट राक्सिराङबाट प्रधानमन्त्री केपी ओलीलाई कोसेलीस्वरुप पठाएको उपहार उनले ग्रहण गरेका छन्  ।

पालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत प्रधानमन्त्री ओलीलाई उपहारस्वरुप चिउरी प्रदान गरेका हुन् । चेपाङ समुदायले परम्परागत्रुपमा प्रयोग गर्दै आएको पेरुङ्गो (बाँसको टोकरी) मा राखेर चिउरी पठाएका हुन् । प्रधानमन्त्री ओलीले चिउरी उत्पादन बढाउन र यसमार्फत समुदायमा आर्थिक गतिविधि बढाउन कार्यक्रम ल्याउने बताएको जानकारी दिँदै पाठकले वनस्रोतको प्रयोगलाई केवल सालका रुखकटानमा सीमित नगरी दीगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने दिशामा लैजानुपर्ने धारणा राखेको बताए ।

फलफूल उत्पादन र रोजगारी सिर्जना, रैथाने परम्परागत बस्तुको संरक्षणमा विशेष जोड दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन्  । चेपाङ समुदायले उत्पादन गरेको बहुआयामिक बस्तु चिउरी पु¥याउनका लागि गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पहल गरेका थिए । ‘प्रधानमन्त्रीका लागि पठाइएको चिउरी चेपाङ समुदायको पहिचानसँग पनि जोडिएको छ,’ उहाँले खुशीसाथ ग्रहण गरिदिनुभएकोमा पालिका हर्षित छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register