‘सरकारले बठ्याइँ गरेर बजेट ल्यायो’- पूर्वअर्थमन्त्री पुन 

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले बठ्याइँ गरेर बजेट ल्याएको आरोप लगाएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका सांसद समेत रहेका पुनले यस्तो बताउका हुन् ।  उनले तीन करोड तलका आयोजनामा बजेट नराखिएको दाबी सरकारले गरे पनि त्यसमा बठ्याइँ गरिएको बताएका छन् ।  ‘मन्त्रालयगत विनियोजन आएको छ, मैले हेरिरहेको छु । एउटै […]

Jun 9, 2025 - 12:55
 0
‘सरकारले बठ्याइँ गरेर बजेट ल्यायो’- पूर्वअर्थमन्त्री पुन 

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले बठ्याइँ गरेर बजेट ल्याएको आरोप लगाएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका सांसद समेत रहेका पुनले यस्तो बताउका हुन् । 

उनले तीन करोड तलका आयोजनामा बजेट नराखिएको दाबी सरकारले गरे पनि त्यसमा बठ्याइँ गरिएको बताएका छन् । 

‘मन्त्रालयगत विनियोजन आएको छ, मैले हेरिरहेको छु । एउटै शीर्षकमा तीन चारवटा प्रोजेक्ट राखेको छ । हेर्दा तीन करोड देखिन्छ, आयोजना चारओटा छ । त्यो कसरी कार्यान्वयन हुन्छ ?’, उनले भने, ‘ यहाँ चलाखी गरेको देखिन्छ ।’ 

त्यस्तै, उनले शहरी विकास मन्त्रीसँग आफूहरुले कुराकानी गर्दा २५ लाखसम्मका आयोजना परेको स्वीकारेको समेत बताएका छन् । उनका अनुसार पछिबाट बजेटमा हेर्दा १ लाख, डेढ लाखका समेत आयोजना भेटिएका छन् । प्रदेश, स्थानीय तहमा यस्तो खालको रोग सल्कन नहुने पूर्वअर्थमन्त्री पुनले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register