नेपाल टेलिकमको नाफा ६ अर्ब २३ करोड 

काठमाडौँ । नेपाल टेलिकमको खुद नाफा ६ अर्ब नाघेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा ६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो ।  २१औँ वार्षिकोत्सवमा पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब २३ करोड खुद नाफा भएको जानकारी गराएको हो ।  कम्पनीले गत आर्थिक वर्षमा कमाएको […]

Feb 4, 2025 - 07:57
 0
नेपाल टेलिकमको नाफा ६ अर्ब २३ करोड 

काठमाडौँ । नेपाल टेलिकमको खुद नाफा ६ अर्ब नाघेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा ६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो । 

२१औँ वार्षिकोत्सवमा पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब २३ करोड खुद नाफा भएको जानकारी गराएको हो । 

कम्पनीले गत आर्थिक वर्षमा कमाएको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । यद्यपि कम्पनीले अर्थतन्त्रका सूचकहरु नकारात्मक भएको अवस्थामा कम्पनीले नाफा आर्जन गर्नु नै ठूलो कुरा भएको भनेको छ । 

कम्पनीका अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुषसम्म) करिब २० अर्ब १२ करोड रुपैयाँ आय आर्जन गरिसकेको छ । हालसम्म टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको कम्पनीले जनाएको छ । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register