सिद्धार्थ हस्पिटालिटीको ‘क्यान्सरविरुद्धको खाना’ अभियान

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले ‘क्यान्सरविरुद्धको खाना’ अभियान सुरु गरेको छ । सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० कृष्ण न्यौपानेले विश्व क्यान्सर दिवसका अवसरमा माघ २२ गतेदेखि उक्त अभियान सुरु गरिएको घोषणा गरेका हुन् । “क्यान्सरविरुद्धको खाना अभियान सफल पार्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम तय गरिएको छ, जसमा पोषणयुक्त खाना, क्यान्सरबारे जानकारसँग वर्कसप र पोडकास्ट, समुदायको संलग्नता, […]

Feb 4, 2025 - 10:17
 0
सिद्धार्थ हस्पिटालिटीको ‘क्यान्सरविरुद्धको खाना’ अभियान

काठमाडौं ।

सिद्धार्थ हस्पिटालिटीले ‘क्यान्सरविरुद्धको खाना’ अभियान सुरु गरेको छ । सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० कृष्ण न्यौपानेले विश्व क्यान्सर दिवसका अवसरमा माघ २२ गतेदेखि उक्त अभियान सुरु गरिएको घोषणा गरेका हुन् ।

“क्यान्सरविरुद्धको खाना अभियान सफल पार्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम तय गरिएको छ, जसमा पोषणयुक्त खाना, क्यान्सरबारे जानकारसँग वर्कसप र पोडकास्ट, समुदायको संलग्नता, स्वास्थ्य विज्ञसँगको साझेदारी र सहकार्य, कर्मचारीका लागि तालिम र सामाजिक सञ्जालमार्फत सचेतना अभियान शीर्षकमा कार्यक्रम सञ्चालन गरिनेछ”, सीइओ न्यौपानेले भने ।

सिद्धार्थ हस्पिटालिटीका अनुसार खानामार्फत क्यान्सर रोगविरुद्ध लड्न जागरुकता जगाउनका लागि ‘विशेष स्वस्थकर मेनु’को तयार गरिनेछ । ताजा फलफूल, हरियो सागपात, अन्न, ओमेगा–३ युक्त खाना, एन्टी इन्फ्लेमेटरी मसलाभएको खानालाई क्यान्सर रोगविरुद्धका खानाका रुपमा प्रचारप्रसार गरिनेछ ।

अभियानमा सेफहरुले स्वस्थकर खाना कसरी पकाउने भनेर प्रत्यक्ष रुपमा जानकारी दिनेछन् । अभियानअन्तर्गत नै सिद्धार्थ हस्पिाटलिटीअन्तर्गतका होटल तथा रेष्टुरेन्टका डाइनिङ टेबलमा पोषण खानासम्बन्धी जानकारी दिने कार्डहरु राखिनेछन् ।

साथै क्यान्सर रोग विशेषज्ञसँग कार्यशाला र पोडकास्ट अन्तर्वार्ता पनि सञ्चालन गरिनेछ । जसमा पोषण तथा क्यान्सरविद्सँग योजनाबद्ध खानपान, अस्वस्थकर खाद्यपदार्थ पहिचान तथा सही परिणाममा कसरी भोजन गर्ने विषयबारे जानकारी दिइनुका साथै छलफल गरिनेछ । त्यसअवसरमा सहभागीहरुले विज्ञसँग अन्तरक्रियात्मक छलफल गर्न पाउने कम्पनीको भनाइ छ ।

क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले समुदायको संलग्नतालाई पनि प्राथमिकता दिइनेछ । यस अभियानमा सहभागीहरुले ‘कुक टु कम्ब्याट क्यान्सर’ शीर्षकमा आफूलाई मनपर्ने रेसिपीबारे अरुलाई बताउन सक्नेछन् । उत्कृष्ट रेसिपीलाई सिद्धार्थ हस्पिटालीको मेनुमा समावेश गर्नुका साथै सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिनेछ । यसै अभियानअन्तर्गत स्वस्थकर खाना महोत्सव पनि आयोजना गरिनेछ । महोत्सवमा क्यान्सर रोगसँग लड्न सहयोग गर्ने खानाहरुको स्टल, स्मुदी बार र सलाद काउन्टरको व्यवस्था गरिनेछ ।

अभियान कै हिस्साका रुपमा स्वास्थ्य विशेषज्ञसँगको सहकार्यमा स्वस्थकर मेनुबारे चर्चा गर्दै प्रचारप्रसार गरिनेछ भने स्थानीय अर्ग्यानिक किसानसँगको साझोदारीलाई दिगोपना र स्वास्थ्य प्रवर्द्धन गरिने कम्पनीले जनाएको छ । सिद्धार्थका अनुसार अभियानकै क्रममा हस्पिटालिटीमा कार्यरत सेफ तथा कर्मचारीलाई यसबारे जानकारी प्रदान गरी होटल तथा रेष्टुरेन्टमा आउने ग्राहकलाई क्यान्सरसँग लड्न मद्दत गर्ने खाना सेवनका लागि प्रोत्साहन गरिनेछ ।

अभियानलाई सफल पार्न सामाजिक सञ्जालमार्फत क्यान्सर रोगीका लागि लाभदायक खानाका परिकार र रेसिपीको प्रचारप्रचार तथा प्रवर्द्धन गरिनेछ । उपभोक्तालाई भिडियो, इन्फ्रोग्राफ र रेसिपीमार्फत जानकारी दिइनेछ । अभियानका मुख्य आकर्षक तथा महत्वपूर्ण विषयवस्तु र विज्ञहरुको प्रचारप्रसार गरिनेछ छ । यस अभियानलाई प्रवर्द्धन गर्नका लागि सिद्धार्थ हस्पिटालिटीले विभिन्न मेनुमा विशेष छुटको अफर समेत सुरु गर्ने कम्पनीको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register