उदयपुरमा नेपाली सेनाको फोटो तथा बृहत प्रर्दशनी

उदयपुर । महाशिवरात्री तथा २६२ औं सेना दिवसको अवसरमा नेपाली सेनाले उदयपुरमा फोटो तथा बृहत प्रदर्शनी आयोजना गरेको छ ।उदयपुरको बोक्सेस्थित नेपाली सेनाको पशुपति प्रसाद गण, पिपलबोट ब्यारेकले स्थापना काल देखि हालसम्म गरेका गतिविधिहरुको फोटो तथा सामाग्रीहरुको बृहत प्रदर्शनी गरेको हो । प्रदर्शनीमा पशुपति प्रसाद गण बोक्से ब्यारेक परिसरमा सेनाको इतिहास, परम्परा, रीति लगायत सैनिकसँग […]

Feb 27, 2025 - 04:42
 0
उदयपुरमा नेपाली सेनाको फोटो तथा बृहत प्रर्दशनी

उदयपुर ।

महाशिवरात्री तथा २६२ औं सेना दिवसको अवसरमा नेपाली सेनाले उदयपुरमा फोटो तथा बृहत प्रदर्शनी आयोजना गरेको छ ।
उदयपुरको बोक्सेस्थित नेपाली सेनाको पशुपति प्रसाद गण, पिपलबोट ब्यारेकले स्थापना काल देखि हालसम्म गरेका गतिविधिहरुको फोटो तथा सामाग्रीहरुको बृहत प्रदर्शनी गरेको हो ।

प्रदर्शनीमा पशुपति प्रसाद गण बोक्से ब्यारेक परिसरमा सेनाको इतिहास, परम्परा, रीति लगायत सैनिकसँग सम्बन्धित बस्तुहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको एक समारोहको विच उदयपुरका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे र नेपाली सेना १८ नम्बर बाहिनी अड्डा भुल्केका बाहिनीपति सहायक रथी गौरव गुरुङले उद्घाटन गर्नु भएको छ ।

प्रदर्शनमार्फत आम नागरिकलाई नेपाली सेनासँग सम्बन्धित जानकारी प्रदान गर्ने र सेनाले राष्ट्रिय अभिमान, एकता, आपसी सद्भाव र विश्वास जगाउने उद्देश्यले प्रदर्शनी राखिएको पशुपतिप्रसाद गण बोक्सेका गणपति प्रमुख सेनानी शिव प्रसाद वाग्लेले जानकारी दिनुभयो ।

सो अबसरमा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु र सर्वसाधारणलाई अवलोकन खुल्ला गरिएको छ ।
नेपाली सेनाले यस प्रकारका कार्यक्रममार्फत सर्वसाधारणलाई सेनाको गतिविधिबारे जानकारी गराउनुका साथै सेनासँगको सम्बन्ध थप सुदृढ हुने विश्वास लिएको छ ।

नेपाली सेना र स्थानीय विचका सम्बन्ध बढाउन पशुपतिप्रसाद गणले यस अघि उदयपुरगढीदेखि चौदण्डीगढी सम्मको पदयात्रा सम्पन्न गरिसकेको छ भने फागुन महिनामा राईड टु कोशी साइकल यात्रा समेत गर्ने जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register