आहा रारा गोल्डकप : उद्घाटन खेलमा पुलिसले सहारा क्लबलाई हरायो

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई पराजित गरेको छ । पोखरा रङ्गशालामा मङ्गलबार भएको उद्घाटन खेलमा पुलिसले सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । पुलिसका लागि उज्वल राईले ३६औं मिनेटमा कर्नरबाट गरेको गोल नै जितका लागि पर्याप्त भयो । जितसँगै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको […]

Feb 4, 2025 - 11:42
 0
आहा रारा गोल्डकप : उद्घाटन खेलमा पुलिसले सहारा क्लबलाई हरायो

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई पराजित गरेको छ ।

पोखरा रङ्गशालामा मङ्गलबार भएको उद्घाटन खेलमा पुलिसले सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

पुलिसका लागि उज्वल राईले ३६औं मिनेटमा कर्नरबाट गरेको गोल नै जितका लागि पर्याप्त भयो । जितसँगै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

यस प्रतियोगितामा कुल १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ । ३ विदेशी टोली रहेका छन् । प्रतियोगिताको फाइनल फागुन ३ मा हुनेछ।

उपाधि विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ । गत संस्करणमा त्रिभुवन आर्मी क्लबले उपाधि जितेको थियो ।

प्रतियोगितामा सहभागी १२ टोली

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register