२०५ जना आप्रवासी बोकेको अमेरिकी सैन्य विमान भारत आउँदै
काठमाडौं । अमेरिकामा कागजात नभएका २०५ जना भारतीयलाई बोकेर आएको विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको छ । ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि त्यहाँ बसोबास गर्ने भारतीयलाई देश निकाला गरिएको यो पहिलोपटक हो । सुरक्षा अधिकारीहरूका अनुसार उनीहरूले अमेरिकाले डिपोर्ट गरेका व्यक्तिहरूको सूची जाँच गरेका छन् । अमृतसर पुग्ने केही मानिसलाई प्रहरीको गाडीमा […]

काठमाडौं । अमेरिकामा कागजात नभएका २०५ जना भारतीयलाई बोकेर आएको विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको छ ।
ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि त्यहाँ बसोबास गर्ने भारतीयलाई देश निकाला गरिएको यो पहिलोपटक हो ।
सुरक्षा अधिकारीहरूका अनुसार उनीहरूले अमेरिकाले डिपोर्ट गरेका व्यक्तिहरूको सूची जाँच गरेका छन् ।
अमृतसर पुग्ने केही मानिसलाई प्रहरीको गाडीमा उनीहरूको गाउँ लगिनेछ । बाँकी राज्यका मानिसलाई विमानबाट पठाइनेछ ।
मिडियालाई विमानस्थलमा प्रवेश गर्न अनुमति दिइएको छैन । तर, विमानस्थलबाहिर डिपोर्ट भएर आउनेहरूसँग कुराकानी गर्न दिइने बताइएको छ ।
पन्जाब सरकारका एनआरआई मामिलामन्त्री कुलदीप सिंह धालीवालले अमेरिकाबाट भारतीयलाई देश निकालाबारे सोधिएका प्रश्नमा यसलाई धेरै गम्भीर मुद्दा बताए ।
What's Your Reaction?






