अवैध भारतीय आप्रवासी बोकेको अमेरिकी सैन्य विमान अमृतसरमा अवतरण

काठमाडौं । अमेरिकामा कागजात बिना बसोबास गर्ने भारतीयलाई लिएर अमेरिकी सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । बुधबार दिउँसो विमान अवतरण गरेको बीबीसी हिन्दीले जनाएको छ । डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलो घटना हो । डिपोर्ट हुनेमा हरियाणाका ३३, पञ्जाब-चण्डीगढका ३२ […]

Feb 5, 2025 - 09:03
 0
अवैध भारतीय आप्रवासी बोकेको अमेरिकी सैन्य विमान अमृतसरमा अवतरण

काठमाडौं । अमेरिकामा कागजात बिना बसोबास गर्ने भारतीयलाई लिएर अमेरिकी सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

बुधबार दिउँसो विमान अवतरण गरेको बीबीसी हिन्दीले जनाएको छ ।

डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलो घटना हो । डिपोर्ट हुनेमा हरियाणाका ३३, पञ्जाब-चण्डीगढका ३२ साथै बालबालिकालगायत पनि रहेको दैनिक भास्करले जनाएको छ ।

अमृतसर ओर्लिएका उनीहरुलाई प्रहरीको गाडीमा राखेर उनीहरूको गाउँ लगिनेछ ।

बाँकी राज्यहरूका मानिसहरूलाई अर्को उडानबाट पठाइनेछ । मिडियालाई विमानस्थलमा प्रवेश गर्न अनुमति छैन तर पत्रकारहरूले विमानस्थल बाहिर यी व्यक्तिहरूसँग कुरा गर्न सक्नेछन् ।

पञ्जाब सरकारका एनआरआई मामिलामन्त्री कुलदीप सिंह धालीवालले अमेरिकाबाट भारतीयहरूलाई देश निकालाको समाचारको बारेमा सोधिएका प्रश्नहरूको विस्तृत जवाफ दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register