गोरखामा दुईवटा चितुवा मृत फेला

गोरखा । गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत फेला परेका छन् । बारीमा भेटिएका चितुवा अन्दाजी दुई वर्षको पोथी र बच्चा भएको डिभिजन वन कार्यालयका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए । प्रमुख शालिण्यका अनुसार अर्को एउटा बच्चा भने जीवितै भेटिएको छ । चितुवाको मृत्युकाे कारण खुल्न नसकेको उनले बताए । […]

Feb 6, 2025 - 00:09
 0
गोरखामा दुईवटा चितुवा मृत फेला

गोरखा । गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत फेला परेका छन् । बारीमा भेटिएका चितुवा अन्दाजी दुई वर्षको पोथी र बच्चा भएको डिभिजन वन कार्यालयका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए ।

प्रमुख शालिण्यका अनुसार अर्को एउटा बच्चा भने जीवितै भेटिएको छ । चितुवाको मृत्युकाे कारण खुल्न नसकेको उनले बताए ।

स्थानीयले बारीमा मृत चितुवा देखेपछि तत्काल वन कार्यालयलाई खबर गरेका थिए । वन कार्यालयको टोलीले चितुवाको मृत्युका कारणबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register