मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

धनुषा । नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको १२औं संस्करण आजदेखि मिथिला बिहारी नगरपालिका-२ र ३ मा सुरु भएको छ । आयोजक मूल समितिका संयोजक देवनारायण मण्डलकाअनुसार उत्सवको दिन चरा तथा प्रकृति अवलोकन, स्थानीय लोपोन्मुख खेलहरू तथा सांस्कृतिक गीत तथा नाच प्रदर्शन गर्नुका साथै वनविज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरूको लाटोकोसेरो संरक्षणसम्बन्धी नाच र नाटक प्रदर्शन गरिनेछ […]

Feb 7, 2025 - 07:09
 0
मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

धनुषा । नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको १२औं संस्करण आजदेखि मिथिला बिहारी नगरपालिका-२ र ३ मा सुरु भएको छ ।

आयोजक मूल समितिका संयोजक देवनारायण मण्डलकाअनुसार उत्सवको दिन चरा तथा प्रकृति अवलोकन, स्थानीय लोपोन्मुख खेलहरू तथा सांस्कृतिक गीत तथा नाच प्रदर्शन गर्नुका साथै वनविज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरूको लाटोकोसेरो संरक्षणसम्बन्धी नाच र नाटक प्रदर्शन गरिनेछ ।

दुई दिनसम्म चल्ने उत्सवमा लाटोकोसेरोसम्बन्धी जानकारी तथा फोटो प्रदर्शनीका साथै आठ किसिमका लाटोकोसेरोको आवाज सुन्ने र भिडियो हेर्नेसमेत व्यवस्था गरिएको छ ।

कार्यक्रममा एक फिट अग्लो लाटोकोसेरोको रोबोटसमेत प्रदर्शनमा राखिएको छ ।

सन् २०१२ देखि नेपालमा मनाउन थालिएको यो उत्सव, यो वर्ष ‘मिथिला वाइल्ड लाइफ ट्रस्ट’ र ‘प्रकृतिका साथीहरू’को आयोजनामा धनुषा जिल्लामा मनाउन लागिएको हो ।

‘प्रकृतिका साथीहरू’ का कार्यकारी निर्देशक राजु आचार्यका अनुसार यो उत्सवले ठूला स्तनधारी वन्यजन्तुकै हाराहारीमा सिकार तथा अवैध व्यापार हुन थालेको लाटोकोसेरो र हुचिलको संरक्षणमा टेवा पुग्ने छ ।

हेरौँ तस्वीरहरू- 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register