नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशन आजदेखि

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन आजबाट हुने भएको छ । २९ माघसम्म चल्ने महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजेदेखि उद्घाटन हुनेछ । महाधिवेशन व्यवस्थापन समितिका अनुसार देशभरबाट एक हजार ५ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । व्यवस्थापन समिति संयोजक हिसिला यमीका अनुसार प्रथम महाधिवेशनको सम्पूर्ण […]

Feb 9, 2025 - 04:42
 0
नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशन आजदेखि

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन आजबाट हुने भएको छ । २९ माघसम्म चल्ने महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजेदेखि उद्घाटन हुनेछ ।

महाधिवेशन व्यवस्थापन समितिका अनुसार देशभरबाट एक हजार ५ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । व्यवस्थापन समिति संयोजक हिसिला यमीका अनुसार प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

महाधिवेशनले ११ पदाधिकारीसहित ९९ केन्द्रीय समिति चयन गर्ने संयोजक यमीले शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । संयोजक यमीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई महाधिवेशनले प्राथमिकता दिने बताइन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register