सबैले माटो बचाउ अभियानमा लाग्नु पर्छ : नगरप्रमुख गोम्देन
शनिश्चरे, २७ माघ । झापाको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले कृषि बिज्ञ, नगरका जनप्रतिनिधि, कृषि शाखाले मात्र माटो बचाउ अभियानमा लागेर नहुने बताएका छन् । विषादी भएको खाने कुराले सवैको स्वास्थ्यमा समस्या हुने भएकाले सवैले माटो बचाउ अभियानमा लाग्नु पर्ने बताए । बिषादीयुक्त खानेकुरा खाँदा जति नै योगा र शारिरिक ब्याम गरेपनि मानव [...] The post सबैले माटो बचाउ अभियानमा लाग्नु पर्छ : नगरप्रमुख गोम्देन appeared first on Jhapa Online.

शनिश्चरे, २७ माघ । झापाको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले कृषि बिज्ञ, नगरका जनप्रतिनिधि, कृषि शाखाले मात्र माटो बचाउ अभियानमा लागेर नहुने बताएका छन् । विषादी भएको खाने कुराले सवैको स्वास्थ्यमा समस्या हुने भएकाले सवैले माटो बचाउ अभियानमा लाग्नु पर्ने बताए ।
बिषादीयुक्त खानेकुरा खाँदा जति नै योगा र शारिरिक ब्याम गरेपनि मानव स्थास्थ्य नरहने बताउँदै सवैले माटो बचाउँ अभियानमा साथ र सहयोग गर्नुपर्ने उनको धारण थियो । बिषादीयुक्त खानेकुराका कारण अहिले घर–घरमा सुगर, प्रेसर, मुटु, क्यान्सर र मृगौला रोगीको संख्या बढीरहेको सम्पूर्ण नेपालीलाई स्वास्थ्य रहन पनि माटो बचाउ अभियानमा लाग्नु पर्ने नगर प्रमुख बलदेवको भनाई छ ।
यसैक्रममा अर्जुनधारा नगरपालिका कृषि विकास शाखाको आयोजना तथा माइण्ड पावर एण्ड करियर डेभलोपमेन्ट इन्टरनेशनल ट्रेनिङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा माटो बचाउ राष्ट्रिय अभियान २०८० अन्तरगत अन्तरक्रिया कार्यक्रम भएको छ ।
अन्तरक्रियात्मक कार्यक्रममा नगरका जनप्रतिनिधि, स्थानीय संघ÷संस्थाको प्रमुख तथा प्रतिनिधि, नगर किसान तथा कृषक, नगरका कर्मचारीलगायत सरोकारवालाहरुको बाक्लो सहभागीता रहेको थियो ।
सहभागीहरुलाई माटो बचाउ राष्ट्रिय अभियानका संयोजक डा। विपी रेग्मी, अभियन्ता श्री अम्बिका देवी र प्रमुख सल्लाहकार पदम भण्डारीले सहजीकरण गरेका थिए । उनीहरुले माटोलाई प्राकृतिक बनाउन बिषादी रासायनिक मल कम गर्दै जानु पर्ने बताएका थिए । जैविक मललाई प्रयोग गरौं, रासायनिकको साटो एउटी आमा जन्मदिने अर्काी आमा माटो भन्ने मुल नाराका साथ झापाका १२ पालिका तथा ती पालिकाका वडा र सहकारी मार्फत २ सय २० वढीमा अभियानले अन्तरक्रियात्मक कार्यक्रम गरिसहेको संयोजक डा। रेग्मीले बताए । नगर अध्यक्ष बलदेवको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगरकी कृषि शाखा प्रमुख एन्जिला ओडारीले गरेकी थिइन् ।
The post सबैले माटो बचाउ अभियानमा लाग्नु पर्छ : नगरप्रमुख गोम्देन appeared first on Jhapa Online.
What's Your Reaction?






