झापा इनर्जीद्वारा एक करोड २७ लाख युनिट विद्युत् उत्पादन

झापा, १९ पुस । झापाको शिवसताक्षी नगरपालिका–४ स्थित सौर्य ऊर्जा परियोजना झापा इनर्जीले एक करोड २७ लाख युनिट विद्युत् उत्पादन गरेको छ । २०८० माघ १० गतेदेखि २०८१ मंसिर मसान्तसम्म एक करोड २७ लाख चार हजार तीन सय ११ युनिट विद्युत् उत्पादन गरेको झापा इनर्जीका अध्यक्ष लालप्रसाद साँवा (एलपी) लिम्बूले जानकारी दिनुभयो । उक्त विद्युत् [...] The post झापा इनर्जीद्वारा एक करोड २७ लाख युनिट विद्युत् उत्पादन appeared first on Jhapa Online.

Jan 3, 2025 - 14:51
 0
झापा इनर्जीद्वारा एक करोड २७ लाख युनिट विद्युत् उत्पादन

झापा, १९ पुस । झापाको शिवसताक्षी नगरपालिका–४ स्थित सौर्य ऊर्जा परियोजना झापा इनर्जीले एक करोड २७ लाख युनिट विद्युत् उत्पादन गरेको छ ।

२०८० माघ १० गतेदेखि २०८१ मंसिर मसान्तसम्म एक करोड २७ लाख चार हजार तीन सय ११ युनिट विद्युत् उत्पादन गरेको झापा इनर्जीका अध्यक्ष लालप्रसाद साँवा (एलपी) लिम्बूले जानकारी दिनुभयो । उक्त विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई विक्री गरेवापत रू नौ कराड २७ लाख ४१ हजार चार सय ७० आम्दानी भएको उहाँले बताउनुभयो ।

यस परियोजनाबाट उत्पादन भएको १० मेगावाट बिजुली विद्युत् प्राधिकरण दमक वितरण केन्द्र अन्तरगत बुलुचोक सब स्टेशन अन्तरगत राष्ट्रिय प्रसारणमा जोडिएको छ । “धेरै चुनौतीका बाबजुद परियोजना सञ्चालनमा आएर विद्युत् उत्पादन र बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो, “कम्पनीको आइपीओ खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ, त्यसपछि केही सहज हुनेछ ।”

झापा इनर्जी २१ बिघा ११ कट्ठा नौ दशमवल पाँच धुर जग्गामा फैलिएको छ भने परियोजनाको निर्माण लागत रू ५९ करोड ९९ लाखमा रहेको छ ।

यसैबीच, झापा इनर्जीको छैठौ साधारणसभा आज सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, पूर्व कोशी प्रदेशका कृषि मन्त्री झलकसिंह दर्लामी, पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा लालप्रसाद साँवा लिम्बूले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने कम्पनीका सचिव तथा महाप्रबन्धक सरोज श्रेष्ठले कम्पनीको कम्पनीको बारेमा जानकारी दिँदै आयव्यय प्रस्तुत गर्नुभएको थियो । सञ्चालक रामचन्द्र उप्रेतीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रबन्ध सञ्चालक सुवास भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा कम्पनीका पूर्व सञ्चालक गणेश पोखरेल, सञ्चालक नरहरी फुँयाल, भीमबहादुर लिवाङ, शेयर सदस्यको बाक्लो उपस्थिति रहेको थियो ।

The post झापा इनर्जीद्वारा एक करोड २७ लाख युनिट विद्युत् उत्पादन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register