अमेरिकी विदेशमन्त्रीले भने : युक्रेनमा युद्ध रोकिने आशा छ

काठमाडौं । अमेरिकाका शीर्ष कूटनीतिज्ञले साउदी अरेबियामा अमेरिकी र युक्रेनी अधिकारीहरूबीचको वार्ताअघि रुससँगको युद्ध अन्त्य गर्न आङ्शिक युद्धविरामको प्रस्तावमा आशा देखेको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार यस्तो बताएका हुन् । ‘म यो मात्र पर्याप्त भन्दै छैन, तर युद्ध अन्त्य गर्न तपाईंलाई यस्ता छुटहरू चाहिन्छ,’ उनले भने । एक युक्रेनी अधिकारीले समाचार एजेन्सी […]

Mar 11, 2025 - 02:18
 0
अमेरिकी विदेशमन्त्रीले भने : युक्रेनमा युद्ध रोकिने आशा छ

काठमाडौं । अमेरिकाका शीर्ष कूटनीतिज्ञले साउदी अरेबियामा अमेरिकी र युक्रेनी अधिकारीहरूबीचको वार्ताअघि रुससँगको युद्ध अन्त्य गर्न आङ्शिक युद्धविरामको प्रस्तावमा आशा देखेको बताएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार यस्तो बताएका हुन् । ‘म यो मात्र पर्याप्त भन्दै छैन, तर युद्ध अन्त्य गर्न तपाईंलाई यस्ता छुटहरू चाहिन्छ,’ उनले भने ।

एक युक्रेनी अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार मङ्गलबार हुने वार्तामा युक्रेनले रुससँग हवाई र नौसेना युद्धविरामको प्रस्ताव राख्ने अपेक्षा गरिएको छ ।

यसअघि रुसले अस्थायी युद्धविरामको विचारलाई अस्वीकार गरेको थियो । उनले यो समय किन्न र युक्रेनको सैन्य पतन रोक्नको लागि गरिएको प्रयास भएको बताए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई भेट्न सोमबार साउदी अरब पुगेका छन् ।

युक्रेन युद्धविराम सम्झौताका सर्तहरूमा अमेरिकी र युक्रेनी अधिकारीहरूले मङ्गलबार रियादमा वार्ता गर्नेछन्, तर राष्ट्रपति जेलेन्स्की वार्तामा उपस्थित हुने अपेक्षा गरिएको छैन ।

सोमबार राति आफ्नो भिडिओ सम्बोधनमा जेलेन्स्कीले वार्ताबाट ‘ठोस नतिजा’ आउने अपेक्षा गरेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register