सांसद गुरुङलाई बीसीसी गुम्बामा सम्मान

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले प्रतिनिधि सभाका सदस्य सांसद मान बहादुर गुरुङलाई स्वागत तथा सम्मान गरेको छ । गत शुक्रबार अल्डरसटस्थित गुम्बा परिसरमा सांसद गुरुङलाई स्वागत गरेको हो । त्यस्तै, उनलाई गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ, बीसीसी यूकेका कार्यवाहक अध्यक्ष रोबिन गुरुङ, उपाध्यक्ष क्या. देव घले, आमा प्रमुख जगना गुरुङलगायत आमाहरुले खादा लगाई […]

Mar 14, 2025 - 14:37
 0
सांसद गुरुङलाई बीसीसी गुम्बामा सम्मान


लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले प्रतिनिधि सभाका सदस्य सांसद मान बहादुर गुरुङलाई स्वागत तथा सम्मान गरेको छ ।

गत शुक्रबार अल्डरसटस्थित गुम्बा परिसरमा सांसद गुरुङलाई स्वागत गरेको हो । त्यस्तै, उनलाई गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ, बीसीसी यूकेका कार्यवाहक अध्यक्ष रोबिन गुरुङ, उपाध्यक्ष क्या. देव घले, आमा प्रमुख जगना गुरुङलगायत आमाहरुले खादा लगाई स्वागत गरेका थिए ।

गुरुङ कास्की क्षेत्र नं. १ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित सांसद हुन् ।

कार्यक्रममा बीसीसी यूके उपाध्यक्ष क्याप्टेन देव घलेले गुम्बा स्थापना, यसले दिंदै आएको विभिन्न सेवाबारे जानकारी दिए । त्यस्तै, सांसद गुरुङले गुम्बा दर्शनसंगै दीप प्रज्ज्वलन गरेका थिए । उनले बीसीसी यूकेले विदेशी भूमिमा पनि आफ्नो भाषा, कला र संस्कृति संरक्षण तथा सम्वर्धनमा पुर्‍याएको योगदानको प्रसंशा गर्दै धन्यवाद दिए ।


बीसीसी यूके कार्यवाहक अध्यक्ष रोविन गुरुङले आफ्नो महत्वपूर्ण समयका बीच पनि गुम्बा भ्रमण गरिदिएकोमा सांसद गुरुङप्रति धन्यवाद ज्ञापन गरे । 

सो अवसरमा तमुधिं युकेका पूर्व अध्यक्षद्वय नन्दजंग गुरुङ र ज्ञाम गुरुङ, पत्रकार मिलन तमु, बीसीसी यूके आमाहरुलगायत भक्तजनहरुको उपस्थिति थियो ।

बीसीसी यूके कार्यवाहक अध्यक्ष रोबिन गुरुङको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रम उपाध्यक्ष क्याप्टेन देव घलेले संचालन गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register