प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मङ्गलबार) पनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण विधेयक २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ । भ्रष्टाचार निवारण विधेयक २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत […]

Feb 11, 2025 - 02:36
 0
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मङ्गलबार) पनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण विधेयक २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।

भ्रष्टाचार निवारण विधेयक २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची छ ।

यस्तै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी विधेयक २०८१ लाई प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

यसअघि संसद् बैठक आइतबार र सोमबार पनि बसेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register