नेपाल चलचित्र निर्माता संघको साधारणसभा : फिल्म स्टुडियोको चाँडै सञ्चालनमा आउने

झापा, ३१ जेठ । नेपाल चलचित्र निर्माता संघको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा आज (शनिवार) काठमाडौंमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज डि.सी.को प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिसीले फिल्म स्टुडियोको निर्माण कार्य धमाधम भइरहको [...] The post नेपाल चलचित्र निर्माता संघको साधारणसभा : फिल्म स्टुडियोको चाँडै सञ्चालनमा आउने appeared first on Jhapa Online.

Jun 14, 2025 - 15:51
 0
नेपाल चलचित्र निर्माता संघको साधारणसभा : फिल्म स्टुडियोको चाँडै सञ्चालनमा आउने

झापा, ३१ जेठ । नेपाल चलचित्र निर्माता संघको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा आज (शनिवार) काठमाडौंमा बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज डि.सी.को प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिसीले फिल्म स्टुडियोको निर्माण कार्य धमाधम भइरहको बताउँदै चाँडै सञ्चालनमा आउने बताएका छन् ।

संघका अध्यक्ष नवल खड्काले कलाकारहरु र प्राविधकहरुको अहिले तोकिएको पारिश्रमिकका बिषयमा सर्वपक्ष छलफल गर्नु पर्ने बताएका छन् । उनले हाल साढे तीन मिनेटसम्मको ट्रेलर प्रदर्शनको शुल्क नलिने र अझै धेरै कुराहरु सुधारका लागि संघले पहल गर्ने बताएका छन् ।

नेपाल चलचित्र निर्माता संघका पूर्व अध्यक्ष, सल्लाहकार तथा चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष निरबिक्रम शाह, नेपाल चलचित्र निर्माता संघका पूर्व अध्यक्ष तथा सल्लाहकार अशोक शर्मा, नेपाल चलचित्र निर्माता संघका पूर्व अध्यक्ष सल्लाहकार तथा चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष राजकुमार राईको विशेष आतिथ्य रहेको थियो ।

यसैगरी कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठ, नेपाल चलचित्र प्राविधि संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र दन्द्ध कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेपाल चलचित्र नृृत्य संघका अध्यक्ष जनकबहादुर कार्की, चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकोटा, आदिवासी जनजाती चलचित्र महासंघका महासचिव सिजुका माझी, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर, चलचित्र जाँचपास समितिका सदस्य, कुबेर गिरीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन संघका कार्यसमिति सदस्य युवराज गिरीले गरेका थिए ।

The post नेपाल चलचित्र निर्माता संघको साधारणसभा : फिल्म स्टुडियोको चाँडै सञ्चालनमा आउने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register