हिमालहरुमा हिउँ नहुँदा शैलुङमा पर्यटकको सङ्ख्या न्यून (तस्विरहरू)

काठमाडौँ । धर्तिकै स्वर्ग शैलुङमा पुग्दा तन र मनमा ऊर्जा भरिन्छ। ३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ। दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ शैलुङ । यहाँबाट २२० डिग्रीमा हिमाली शृंखला देखिन्छ। साथै ७० प्रतिशत हिमालहरु यहाँबाट देखिन्छन् । तर अहिले पछिल्लो समय हिमालहरुमा हिउँ छैन । समयमा हिमपात […]

Feb 13, 2025 - 08:21
 0
हिमालहरुमा हिउँ नहुँदा शैलुङमा पर्यटकको सङ्ख्या न्यून (तस्विरहरू)

काठमाडौँ । धर्तिकै स्वर्ग शैलुङमा पुग्दा तन र मनमा ऊर्जा भरिन्छ। ३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ।

दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ शैलुङ । यहाँबाट २२० डिग्रीमा हिमाली शृंखला देखिन्छ। साथै ७० प्रतिशत हिमालहरु यहाँबाट देखिन्छन् ।

तर अहिले पछिल्लो समय हिमालहरुमा हिउँ छैन । समयमा हिमपात नहुँदा सेता हिमाल क्रमशः कालो बन्दै गएका छन् । सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएका छन् । गौरीशङ्कर हिमालमा पनि हिउँ नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या न्यून छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register