खेलाडीलाई पेन्सन दिने सरकारको तयारी ! 

काठमाडौँ । सरकारले खेलाडीलाई पेन्सन दिने तयारी गरेको छ । सरकारको यस्तो तयारीबारे युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिएका छन् ।  उनले खेलाडीहरुको भविष्य सुनिश्चित हुनेगरि रोजगारी र पेन्सनको व्यवस्थासहित राष्ट्रिय खेलकुद नीति, २०६७ संशोधन गरी मन्त्रिपरिषद्मा पठाएको बताएका छन् ।  उक्त नीतिमा खेलाडीको खेल जीवन सकिएपछि सरकारी तथा विभिन्न संस्थाहरुमा रोजगारी दिने वा […]

Mar 7, 2025 - 11:48
 0
खेलाडीलाई पेन्सन दिने सरकारको तयारी ! 

काठमाडौँ । सरकारले खेलाडीलाई पेन्सन दिने तयारी गरेको छ । सरकारको यस्तो तयारीबारे युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिएका छन् । 

उनले खेलाडीहरुको भविष्य सुनिश्चित हुनेगरि रोजगारी र पेन्सनको व्यवस्थासहित राष्ट्रिय खेलकुद नीति, २०६७ संशोधन गरी मन्त्रिपरिषद्मा पठाएको बताएका छन् । 

उक्त नीतिमा खेलाडीको खेल जीवन सकिएपछि सरकारी तथा विभिन्न संस्थाहरुमा रोजगारी दिने वा निवृत्तिभरण (पेन्सन) दिने व्यवस्था उल्लेख गरिएको मन्त्री चौधरीले बताएका छन् । 

त्यस्तै, उनले खेलाडीहरुको हक र सुविधाको कार्यान्वयनका लागि खेलकुद नीति संशोधन गरिएको बताएका छन् । खेलकुदका माध्यमबाट जीविकोपार्जन गर्न नसकिएपछि खेलाडीहरु खेल क्षेत्र छोडेर वैकल्पिक पेशामा लागेको र कतिपय खेलाडी विदेश पलायन भएको भन्दै त्यसतर्फ सरकार गम्भीर रहेको पनि बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register