बिहीबार नेप्से ७.२६ अंकले घट्यो, ७ अर्ब ९२ करोडमाथिको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ९२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन […]

Feb 13, 2025 - 09:36
 0
बिहीबार नेप्से ७.२६ अंकले घट्यो, ७ अर्ब ९२ करोडमाथिको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ९२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ३४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको बजारमा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने न्यादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register