बुधबार ५२.३६ अंकले बढ्यो नेप्से, ९ अर्बमाथिको सेयर कारोबार

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २२ कम्पनीको एक करोड ७६ लाख ९२ हजार ८ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार […]

Jan 22, 2025 - 09:37
 0
बुधबार ५२.३६ अंकले बढ्यो नेप्से, ९ अर्बमाथिको सेयर कारोबार

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २२ कम्पनीको एक करोड ७६ लाख ९२ हजार ८ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ६१ करोड ३६ लाख ४८ हजार २ सय २० रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा सबैभन्दा धेरै नाफा कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register