नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशन सकियो, २२ जना निर्विरोधसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन पार्टीको मुल नेतृत्व चयन गर्दै सकिएको छ । राजधानीको प्रज्ञा भवनमा आइतबारदेखि सुरू भएको प्रथम महाधिवेशन बिहीवार सकिएको हो । पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । नेसपा (नयाँ शक्ति) को अध्यक्षमा भट्टराईसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ । जसमा २२ […]

Feb 13, 2025 - 12:18
 0
नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशन सकियो, २२ जना निर्विरोधसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन पार्टीको मुल नेतृत्व चयन गर्दै सकिएको छ । राजधानीको प्रज्ञा भवनमा आइतबारदेखि सुरू भएको प्रथम महाधिवेशन बिहीवार सकिएको हो ।

पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । नेसपा (नयाँ शक्ति) को अध्यक्षमा भट्टराईसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ । जसमा २२ जना निर्विरोध निर्वाचित भएका छन् ।

बाँकी पदमा भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ ।

दलित उपाध्यक्षमा दुर्गा सोव, महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई, कोषाध्यक्षमा हरि रिजाल लगायत २२ जना निर्विरोध निर्वाचित भएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष लगायत पदहरुमा प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा मतदानको प्रक्रिया सञ्चालन गरेको थियो । जारी विज्ञप्तिअनुसार  केन्द्रीय समितिमा उपाध्यक्षहरु, सचिवहरु र केन्द्रीय सदस्यहरू नेपालको संविधान र पार्टीको विधानले व्यवस्था गरे बमोजिम जातीय संरचना महिला, युवा, खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी, अल्पसंख्यक समुदायको समुचित प्रतिनिधित्व सहित उम्मेदवारीको कोटा निश्चित गरी मतदान भएको थियो ।

निर्वाचनमार्फत केन्द्रीय समितिमा युवाहरूको कम्तीमा २० प्रतिशत प्रतिनिधित्व हुने गरी मतपत्रमा सुनिश्चित गरिएको थियो । यस्तै देश बाहिर रहेका प्रवासी नेपालीहरूलाई विद्युतीय प्रणालीको माध्यमबाट मतदान गर्ने व्यवस्था गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register