पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोर वेपत्ता

झापा, २७ बैशाख । कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोर वेपत्ता भएका छन् । कालीकोट र दैलेखका दुई किशोर छुटा–छुटै ठाउँबाट कर्णाली नदीमा बेपत्ता भएका हुन् । कालीकोटको पचालझरना गाउँपालिकास्थित जारकोट नजिकै कर्णाली नदीमा पौडी खेल्ने क्रममा नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका बिराज बिष्ट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । यता, [...] The post पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोर वेपत्ता appeared first on Jhapa Online.

May 10, 2025 - 03:41
 0
पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोर वेपत्ता

झापा, २७ बैशाख । कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोर वेपत्ता भएका छन् ।

कालीकोट र दैलेखका दुई किशोर छुटा–छुटै ठाउँबाट कर्णाली नदीमा बेपत्ता भएका हुन् । कालीकोटको पचालझरना गाउँपालिकास्थित जारकोट नजिकै कर्णाली नदीमा पौडी खेल्ने क्रममा नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका बिराज बिष्ट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

यता, शुक्रबार दिउँसो मलामी गएको बेला कर्णाली नदीको लामादुवाला घाटमा पौडी खेल्ने क्रममा दैलेखको चामुण्डाबिन्द्रासैनी नगपालिका–९ डौंसुरका १५ वर्षीय भूपेन्द्र सावन बेपत्ता भएका छन् । उनीहरुको स्थानीय नागरिक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी कार्य जारी राखेको छ ।

The post पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोर वेपत्ता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register