ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अनेरास्ववियुका नेता जोशी पक्राउ

काठमाडौं । ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परेका छन् । जोशीलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । ठमेलको छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीमाथि माघ २४ मा निर्घात कुटपिट भएको थियो यसअघि […]

Feb 13, 2025 - 13:57
 0
ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अनेरास्ववियुका नेता जोशी पक्राउ

काठमाडौं । ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परेका छन् ।

जोशीलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।

ठमेलको छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीमाथि माघ २४ मा निर्घात कुटपिट भएको थियो

यसअघि आक्रमणमा संलग्न डडेल्धुराका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङका २५ वर्षीय दिनेश सिग्देल पक्राउ परेका थिए । फुलारा अस्कल क्याम्पसका स्ववियु सह–सचिव हुन् । घटनामा संम्लग्न ३ जना फरार छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register