सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए पत्रकार महासंघ सङ्घर्षमा उत्रने
काठमाडौं । सरकारले हालै राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल विधेयकका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको रहेको निष्कर्ष निकाल्दै नेपाल पत्रकार महासंघले सङ्घर्ष गर्ने चेतावनी दिएको छ । महासंघ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले बुधबार धुलिखेल घोषणापत्र जारी गर्दै सरकारलाई उक्त विधेयक तत्काल फिर्ता लिन आग्रह गरेको छ । घोषणापत्रमा भनिएको छ, “महासंघसहित सरोकारवालासँग सामान्य छलफलसमेत नगरी नागरिकका मौलिक हक हनन हुने गरी ल्याइएको विधेयकलाई अगाडि बढाउनु उपयुक्त नहुने ठहर यो ब...

What's Your Reaction?






