मधेसका मुख्यमन्त्री र बिहारका नेताबीच धर्म, संस्कृति र पर्यटन प्रवर्द्धनका विषयमा कुराकानी

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको बिहार राज्यको सत्तारुढ जनता दल (युनाइटेड)का प्रदेश सचिव अजयकुमार कुशवाहाले शुक्रबार भेट गरेका छन् । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा मुख्यमन्त्री सिंह र जनता दल (युनाइटेड)का सचिव अजयकुमारबीच धर्म, संस्कृति र पर्यटन प्रवर्द्धनका विषयमा कुराकानी भएको थियो । मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच पौराणिक […]

Feb 15, 2025 - 05:00
 0
मधेसका मुख्यमन्त्री र बिहारका नेताबीच धर्म, संस्कृति र पर्यटन प्रवर्द्धनका विषयमा कुराकानी

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको बिहार राज्यको सत्तारुढ जनता दल (युनाइटेड)का प्रदेश सचिव अजयकुमार कुशवाहाले शुक्रबार भेट गरेका छन् ।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा मुख्यमन्त्री सिंह र जनता दल (युनाइटेड)का सचिव अजयकुमारबीच धर्म, संस्कृति र पर्यटन प्रवर्द्धनका विषयमा कुराकानी भएको थियो ।

मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच पौराणिक कालदेखि नै नागरिकस्तरमा धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताउँदै यसलाई थप सुदृढ एवं दीर्घकालिन बनाउन दुई देशबीच धार्मिक पर्यटन विकासमा जोड दिनुपर्ने बताए । उनले मधेश प्रदेशमा भारतका राष्ट्रपति, प्रधानमन्त्री, उत्तरप्रदेशका मुख्यमन्त्रीलगायतका उच्चस्तरीय नेताको भ्रमणबाट जानकीको नगरी जनकपुरधामप्रति भारतका धार्मिक पर्यटकको रुचि बढेको उल्लेख गरे ।

मुख्यमन्त्री सिंहले रामायणमा उल्लेखित जनकपुरधामलगायत स्थलहरूको विकास तथा प्रसार गरी पर्यटनका माध्यमले धार्मिक एवं नैतिक पथागमनका लागि प्रेरित गर्ने उद्देश्यले ल्याइएको रामायण सर्किट र सीता सर्किटको पूर्णताबाट दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताए ।

मुख्यमन्त्री सिंहले केही दिन आफ्नो अयोध्या भ्रमणको प्रसङ्गबारे चर्चा गर्दै त्यहाँ राम मन्दिरको निर्माण सनातनीहरूका लागि गौरवको विषय भएको बताए । उनले सीताविना राम अधुरो भएको भन्दै राममन्दिर दर्शन गर्न पुग्नेलाई सीता माताको आशीर्वाद लिन मधेश प्रदेशमा आउन सुझाउनुपर्ने समेत उल्लेख गरे । ‘मैले सीमावर्ती भारतीय राज्यका राजनीतिक नेतृत्व र अधिकारीलाई भारतका धर्मस्थलसँग जोडिएका प्रचार सामग्रीमा जनकपुरधामलगायत नेपालका धार्मिक नगरीका विषयमा उल्लेख गरिदिन आग्रह गरेको छु,’ उनले भने ।

मुख्यमन्त्री सिंहले बिहारमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा भएका प्रयास, अभ्यास तथा चुनौतीबाट आर्जित अनुभव साझा हुनुपर्ने भन्दै सिमाञ्चलको संवेदनालाई जोड्न देशपार विवाहको परम्परा र साहित्यले भूमिका निर्वाह गरिरहेको चर्चा गरे ।

जनता दल (युनाइटेड)का बिहार प्रदेशका सचिव अजयकुमारले नेपालको विकास प्रयासमा भारत सदैव सकारात्मक रहेको भन्दै दुवै छिमेकी देशबीचको सम्बन्ध प्रगाढ बनाउन नागरिकस्तरमा सार्थक संवादले निरन्तरता पाउनुपर्ने बताए । उनले सीमा वारपारका जनताबीच सुखदुख दुवैमा समान अनुभूति गर्ने सम्बन्धलाई थप उचाइमा पुर्‍याउन धार्मिक, सांस्कृतिक र साहित्यिक साझेदारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रष्ट पारे । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register