आगलागीले कचनकवलका खतिवडाको घर पूर्णरुपमा जल्दा ७० लाखको क्षति

झापा, ४ फागुन । झापाको कचनकवल–६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ। बनियानी बजारदेखि करिब ७ सय मिटर पश्चिम रहेको कमल बस्तीमा कमलप्रसाद खतिवडाको दुईतले (तल्लो भाग पक्की, माथिल्लो भाग काठको र टिनको छानो भएको) १० कोठे घरमा आगलागी भएको हो। आगलागीका कारण घरसहित घरभित्र रहेको नगद १ लाख [...] The post आगलागीले कचनकवलका खतिवडाको घर पूर्णरुपमा जल्दा ७० लाखको क्षति appeared first on Jhapa Online.

Feb 16, 2025 - 05:16
 0
आगलागीले कचनकवलका खतिवडाको घर पूर्णरुपमा जल्दा ७० लाखको क्षति

झापा, ४ फागुन । झापाको कचनकवल–६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बनियानी बजारदेखि करिब ७ सय मिटर पश्चिम रहेको कमल बस्तीमा कमलप्रसाद खतिवडाको दुईतले (तल्लो भाग पक्की, माथिल्लो भाग काठको र टिनको छानो भएको) १० कोठे घरमा आगलागी भएको हो।

आगलागीका कारण घरसहित घरभित्र रहेको नगद १ लाख रुपैयाँ, २५ तोला सुन, ७५ तोला चाँदी, २ थान एसी, २ थान स्मार्ट टेलिभिजन तथा अन्य सामग्री जलेर करिब ७० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।

हिजो साँझ ७स्३७ बजे पूजाकोठामा बालेको दियोबाट आगो सल्किएर आगलागी भएको बताइएको छ। आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा भद्रपुर, मेचीनगर र बिर्तामोड नगरपालिकाका बारुण यन्त्र परिचालन गरिएको थियो। अन्ततः राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

The post आगलागीले कचनकवलका खतिवडाको घर पूर्णरुपमा जल्दा ७० लाखको क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register